Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

गाजामा ६ हप्ताका लागि युद्ध विराम

२० आइतबार , फाल्गुण २०८०८ महिना अगाडि

गाजामा ६ हप्ताका लागि युद्ध विराम

इजरायलले गाजामा जारि इजरायल र हमासबीचको युद्धलाई ६ हप्ताका लागि युद्ध विराम गर्न तयार भएको छ । इजरायल गाजामा युद्ध विराम गर्न र बन्धक रिहाइको सम्झौता गर्न सहमत भएको तर त्यसलाई औपचारिकता दिने कि नदिने भन्ने हमासको हातमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

शनिबार भएको छलफलपछि इजरायल युद्ध विराम गर्न तयार भएको बताईएको छ । प्रस्तावका अनुसार गाजामा ६ हप्ताको युद्धविरामसँगै हमासले बिरामी, घाइते, वृद्धवृद्धा र बन्धक बनाएका महिलाहरूलाई रिहा गर्नु पर्ने सर्त राखिएको तर उक्त विषयमा हमासबाट भने कुनै प्रतिक्रिया नआएको समाचारमा उल्लेख गरिएको छ ।

झण्डै पाँच महिना अघि अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा गरेको आक्रमणपछि गाजामा इजरायल र हमासबीच युद्ध चलिरहेको र युद्धमा ३० हजारभन्दा बढी मानिसको ज्यान गएको बताईएको छ ।

जारि युद्धमा इजरायली सेनाले शनिबार रफाह सहरको एक अस्पताल नजिकैको शरणार्थी शिविरमा बमबारी गर्दा ११ प्यालेस्टाइनीको मृत्यु भएको र ५० जना घाइते भएका छन् । इजरायली सेनाले देर अल-बालाह र जबलियामा ३ वटा घरहरूलाई निशाना बनाएर हवाई आक्रमण गरेको र आक्रमणमा १७ प्यालेस्टाइनी मारिएको तथा दर्जनौँ घाइते भएको गाजाको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको बताईएको छ ।