Advertisement Banner
Advertisement Banner

१५ शुक्रबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

कामदार भिसामा जापान जान सकिने

२० आइतबार , फाल्गुण २०८०२ बर्ष अगाडि

कामदार भिसामा जापान जान सकिने

नेपाल सरकारले जापानमा निश्चित सीपयुक्त श्रमिक पठाउने कार्यविधि २०८० स्वीकृति गरेपछि वैदेशिक रोजगारीका लागि जापान खुल्ला भएको छ । सीपयुक्त श्रमिक पठाउने समझदारी र कार्यविधि स्वीकृत भएसँगै वैदेशिक रोजगारीका लागि जापान खुल्ला भएको हो ।    

नेपाल र जापानबीच सन् २०१९ को मार्चमा सीपयुक्त श्रमिक पठाउने समझदारी भए पनि कार्यविधि नबन्दा वैदेशिक रोजगारीका लागि जापान जाने बाटो खुलेको थिएन । तर, अहिले सरकारले जापानमा निश्चित सीपयुक्त श्रमिक पठाउने कार्यविधि २०८० स्वीकृति गरेपछि वैदेशिक रोजगारीका लागि जापानको बाटो खुलेको हो ।

बिशेष गरि अहिले जापानमा नेपालीहरू अध्ययन लगायतका भिसामा जाने गरेका छन् । अबभने कार्यविधि स्वीकृत भएसँगै नेपालीहरु कामदारकै रूपमा कानुनी तरिकाले जापान जाने बाटो खुलेको छ ।

अहिलेको स्वीकृत कार्यविधि अनुसार नेपाली वैदेशिक रोजगार व्यवसायीले मागपत्र प्रमाणीकरण गरेर जापानमा कामदारका रूपमा नेपालीलाई पठाउन सक्नेछन् । जसका लागि नेपाली व्यवसायी र जापानका व्यवसायीबीच सहमति हुनुपर्ने र सोही सहमतिको आधारमा नेपालीहरू कामदार भिसामा जापान जान सक्ने बताईएको छ ।