Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

देशभर मौसम बदली केहि स्थानमा हल्का वर्षा

२० आइतबार , फाल्गुण २०८०८ महिना अगाडि

देशभर मौसम बदली केहि स्थानमा हल्का वर्षा

नेपालमा पश्चिमी वायुको प्रभावका कारण देशभर मौसम बदली भएको छ । देशभर भएको मौसम बदलीसंगै कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थान र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हल्का वर्षा र काठमाडौँ उपत्यकाको केही स्थानहरूमा बिहानैदेखि छिटपुट वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले आज दिउँसो देशभर साधारणतया बदली रहने तथा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, वाग्मती प्रदेशसहित कोसी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने बताएको छ । त्यस्तै बाँकी भू-भागको केहि स्थानहरूमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ ।

त्यसैगरी देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ । आजराति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ भने कोसी, मधेस, सुदूरपश्चिम र कर्णाली प्रदेशका केहि स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुनेछ । त्यस्तै उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको विभागले बताएको छ ।