Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

एसियन टेलिकम अवार्ड भायानेटलाई

१८ शुक्रबार , फाल्गुण २०८०८ महिना अगाडि

एसियन टेलिकम अवार्ड भायानेटलाई

सन् २०२४ को एसियन टेलिकम अवार्ड भायानेट कम्युनिकेसन लिमिटेडले जितेको छ । भायानेट कम्युनिकेसन लिमिटेडले ‘ब्रोडब्यान्ड टेलिकम कम्पनी अफ द इयर’ र ‘टेक्नोलोजी इनोभेसन अफ द इयर–नेपाल’ अवार्ड जितेको हो ।

भायानेट कम्पनीले एक्स जीएस टेक्नोलोजीमा आधारित नेपालको पहिलो मल्टि-गिग इन्टरनेट बजारमा ल्याएर नयाँ टेक्नोलोजीमा परिचित गराउने र ग्राहकमा यसको उल्लेख्य प्रभाव ल्याउनसफल भएकाले कम्पनीलाई उक्त पुरस्कारहरूबाट सम्मान गरिएको बताईएको छ । उक्त अवार्ड समारोह २९ फेब्रुअरीमा सिंगापुरमा आयोजना गरिएको थियो ।

अवार्डको लागी नेपालका अन्य इन्टरनेट प्रदायक र टेलिकम कम्पनीहरूसँग भायानेट पनि मनोनयनमा परेको थियो । नेपालमा पहिलो पटक यो प्रतिष्ठित अवार्ड जित्न सफल भायानेट कम्पनिलाई निर्णायकहरूको प्रकृयगत निर्णय र छलफलको आधारमा चयन गरेको थियो ।

कम्पनीको सफलतामा खुसी व्यक्त गर्दै सीईओ सेवा पाठक बोहराले सधैं ग्राहकको आवश्यकता अनुरुप नविनतम टेक्नोलोजीको प्रयोग गर्दै अग्रपंक्तिमा रहेको र पुरस्कारले टिम र कम्पनीको अथक प्रयास र ग्राहक प्रतीको प्रतिबध्दतालाई थप उर्जा प्रदान गरेको बताईन ।