Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

स्वास्थ्य क्षेत्रमा नयाँ ‘हब’को रुपमा विकसित हुँदै भरतपुर

१८ शुक्रबार , फाल्गुण २०८०८ महिना अगाडि

स्वास्थ्य क्षेत्रमा नयाँ ‘हब’को रुपमा विकसित हुँदै भरतपुर

भरतपुर महानगरपालिका स्वास्थ्य क्षेत्रमा नयाँ ‘हब’को रूपमा विकास हुँदै गएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । आज चितवनको भरतपुरमा निर्मित भरतपुर आँखा अस्पतालको नयाँ भवनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले भरतपुर स्वास्थ्य क्षेत्रमा नयाँ ‘हब’को रुपमा विकसित हुँदै गएको बताएका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भरतपुर आँखा अस्पताल भरतपुर क्षेत्रको मात्र आँखा अस्पताल नभएर देश विदेशका लागि समेत सेवाग्राहीहरूको आँखा सम्बन्धी उपचारको केन्द्रका रूपमा स्थापित हुँदै गएको बताए । उनले अस्पतालले दिने सेवाको मात्रा र गुण दुबैमा गुणात्मक सुधार हुने विश्वास समेत व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीले सरकार, सामाजिक क्षेत्र र सामाजिक व्यक्तित्वहरूको साझा पहल र सक्रियताकै कारण अस्पतालले आँखा रोगसम्बन्धी विशेषज्ञ सेवा र अस्पतालको विश्वसनियतामा बढोत्तरी हुँदै गएको बताएका छन् ।