Advertisement Banner
Advertisement Banner

१३ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

सात महिनामा २५ वटा मुद्दा दायर

१८ शुक्रबार , फाल्गुण २०८०२ बर्ष अगाडि

सात महिनामा २५ वटा मुद्दा दायर

चालु आर्थिक वर्ष २०८०/८१ को सात महिनामा राजस्व अनुसन्धान विभागले २५ वटा मुद्दा दायर गरेको छ । करिब डेढ अर्ब बिगो दाबी गर्दै राजस्व छली गरेको २५ वटा मुद्धा दायर गरिएको हो ।

राजस्व छली गर्नेलाई करिब डेढ अर्ब बिगो दाबी गर्दै मुद्धा दायर गरिएको राजस्व अनुसन्धान विभाग महानिर्देशक नवराज ढुंगानाले बताएका छन् । महानिर्देशक ढुंगानाले बिहीबार संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा उक्त जानकारी दिएको बताईएको छ ।

चालु आर्थिक वर्षको सात महिनामा राजस्व अनुसन्धान विभागले २५ वटा मुद्दा दायर गर्दै ४५ प्रतिवादीलाई १ अर्ब ६२ करोड रुपैयाँ बराबर बिगो दाबी गरेर मुद्दा दायर गरिएको छ । त्यस्तै विभागले ४५ वटा मुद्दा विदेशी विनियम अपचलनका ९७ करोड १८ लाख रुपैयाँ बिगो दाबी गरेको बताएको छ ।

विदेशी विनिमय अपलचमा ८३ जना प्रतिवादीहरु माथि विभिन्न प्रकृतिका राजस्व छलीका घटनाहरू रहेका छन् । उनीहरुले डिडिटल करेन्सी, क्रिप्टो करेन्सी, हुण्डी कारोबारलगायतका राजस्व छली गरेको पाइएको विभागले जानकारी दिएको छ ।