Advertisement Banner
Advertisement Banner

१५ शुक्रबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

पक्राउ परेका आन्दोलनकारी हाजिरि जमानीमा रिहा

१८ शुक्रबार , फाल्गुण २०८०२ बर्ष अगाडि

पक्राउ परेका आन्दोलनकारी हाजिरि जमानीमा रिहा

फागुन १४ गते संघीय संसद् भवन परिसरमा प्रवेश गरी प्रदर्शन गर्दा प्रहरीले पक्राउ गरेका मिटरब्याज तथा लघुवित्तका पीडितहरु हाजिरि जमानीमा रिहा भएका छन् । उनीहरुलाई बुधबार बेलुकी रिहा गरिएको हो ।  

काठमाडौँ केन्द्रित आन्दोलन मुलकका बिभिन्न जिल्लाबाट काठमाडौँ आएर आन्दोलन थालेका उनीहरुले संघीय संसद् भवन परिसरमा प्रवेश गरेर नारा जुलुस गरेका थिए । आन्दोलनरत मिटरब्याज तथा लघुवित्तका पीडितहरुलाई सोहि प्रदर्शनमा पक्राउ गरिएकोमा उनीहरुलाई प्रहरीले बुधबार बेलुका हाजिरि जमानीमा रिहा गरेको बताईएको छ ।

बिहीबार जिल्ला प्रशासन कार्यालयले उनीहरूलाई हाजिर जमानीमा रिहा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीले बताएका छन् । संसदभवनभित्र पसेर नाराबाजी गरेका ४९ जनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अगाडी बढाएको थियो ।

यसअघि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले संघीय संसद भवनबाट प्रहरीको नियन्त्रणमा रहेका लघुवित्त पीडितहरूलाई मुद्दा नचलाउन गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण गराएको थियो । एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, एमाले संसदीय दलका सचेतक महेश बर्तौलालगायत एमाले संसदीय दलको टोलीले गृहमन्त्रीलाई ध्यानाकर्षण गराएको हो ।