Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

भारतबाट मूल्य बढेर आए पनि निगमको मूल्य अथावत

१८ शुक्रबार , फाल्गुण २०८०८ महिना अगाडि

भारतबाट मूल्य बढेर आए पनि निगमको मूल्य अथावत

भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएपनि नेपाल आयल निगमले हालको मूल्यलाई यथावत राख्ने भएको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको भएपनि तत्काललाई पुरानै मूल्य यथावत राख्ने भएको हो ।

नेपाल आयल निगमका अनुसार भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको बताईएको छ । जसअनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर २१ पैसा र डिजेलमा ८५ पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २१ रूपैयाँ ६६ पैसा बढाएर पठाएको छ ।

भारतबाट मूल्य बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत रहने निगमले प्रश्ट पारेको छ । हाल नेपालमा पेट्रोलको मूल्य पहिलो वर्ग १६९.५० पैसा, दोश्रो वर्ग १७१ र तेश्रो वर्ग १७२ रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै मट्टीतेल र डिजेल पहिलो वर्ग १५७.५० पैसा, दोश्रो वर्ग १५९ र तेश्रो वर्ग १६० रुपैयाँमा कारोवार भईरहेको छ ।