Advertisement Banner
Advertisement Banner

१५ शुक्रबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

भोलि भरतपुर भ्रमण वर्षको उद्घाटन हुँदै

१७ बिहिबार , फाल्गुण २०८०२ बर्ष अगाडि

भोलि भरतपुर भ्रमण वर्षको उद्घाटन हुँदै

चितवन स्थित भरतपुर हानगरपालिकाको आयोजनामा हुन लागेको भरतपुर भ्रमण वर्षको भोलि उद्घाटन हुने भएको छ । भ्रमण वर्षको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नारायणी नदी किनारमा एक समारोहका बीच दिउँसो १ बजे उद्घाटन गर्ने भएका छन् ।

करिब ५० हजार सहभागी हुने उद्घाटन समारोहमा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, एवम् मन्त्रीपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी लगायतका ५ जना पूर्व प्रधानमन्त्री कार्यक्रममा सहभागी हुने बताईएको छ ।

त्यसैगरी उद्घाटन समारोहमा विभिन्न प्रदेश प्रदेश प्रमुख, मुख्यमन्त्रीहरु, मन्त्रीहरु, सांसदहरुसहित अति विशिष्ट ब्यक्तित्वहरुको सहभागिता रहने महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र रानाले जानकारी दिएका छन् । उद्घाटन समारोह अगाडि महानगरका २९ वटै वडाबाट विभिन्न झाँकीसहितको र्‍याली निकालेर नारायणी नदी किनारमा जाने कार्यक्रम रहेको छ ।

आन्तरिक तथा बाह्य गरि झन्डै ७ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित आयोजना हुन लागेको भरतपुर भ्रमण वर्षको उदघाटनका दिन महानगरले सबै विद्यालयहरुलाई पत्र पठाएर कक्षा ९ देखि १२ सम्म अध्ययनरत छात्रछात्रा तथा माध्यमिक तहका शिक्षकहरुलाई उद्धघाटन कार्यक्रममा उपस्थित हुन आग्रह गरेको छ ।