Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

कैलालीबाट १८ लाख बढीको अवैध सामान बरामद

१७ बिहिबार , फाल्गुण २०८०८ महिना अगाडि

कैलालीबाट १८ लाख बढीको अवैध सामान बरामद

सशस्त्र प्रहरीले १० दिनको अवधिमा कैलालीबाट १८ लाख बढीको अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरीको नेपाल नं. ३४ गण हेडक्वाटर कैलालीबाट खटिएको टोलीले १० दिनको अवधिमा उक्त अवैध सामान बरामद गरेको हो ।

सशस्त्र प्रहरीको टोलिले बुधबार मात्र करिब ८ लाखको अवैध सामानसहित ४ जना महिलालाई नियन्त्रणमा लिएको बताईएको छ । अवैध रुपमा ल्याइएको सामान प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगरका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) बिलबहादुर फोजुको कमाण्डमा खटिएको टोलीले बरामद गरेको थियो ।

फागनु ६ गतेदेखि १६ फागुनसम्म १० दिनको अवधिमा गण तथा मातहत प्रस्तावित सीमा सुरक्षा गुल्म र बीओपीबाट १८ लाख ५६ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरी कारबाहीका लागि भन्सार बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गणका सशस्त्र प्रहरी नायब उपरीक्षक(डीएसपी) खेम ठकुल्लाले बताएका छन् ।

धनगढी उपमहानगरपालिका-२ पुरानो भन्सार रोड बस्ने महेश्वरी बिष्ट, तुलसी भट्ट, धना साउद र गौरी ओझालाई सामान ओसारपसारमा संलग्न रहेकोमा नियन्त्रणमा लिइएको बताईएको छ । 

त्यसैगरी उक्त अवधिमा एक लाख ३७ हजार बराबरको कुखुरा तथा माछा बरामद गरी नष्ट गरिएको पनि सशस्त्र प्रहरीले जानकारी दिएको छ ।