Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

आज वाफ वुमेन्स उपाधीका लागि नेपालले जोर्डनसँग प्रतिस्पर्धा गर्दै

१७ बिहिबार , फाल्गुण २०८०८ महिना अगाडि

आज वाफ वुमेन्स उपाधीका लागि नेपालले जोर्डनसँग प्रतिस्पर्धा गर्दै

वाफ वुमेन्स च्याम्पियनसिप उपाधीका लागि आज नेपालले जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ । साउदी अरबमा जारी वाफ वुमेन्स च्याम्पियनसिप उपाधिको लागि प्रिन्स अबदुल्लाह अल फैजल स्टेडियममा आज राति ९ः४५ बजे हुने खेलमा नेपालले जोर्डनसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

पहिलोपटक वाफ वुमेन्स च्याम्पियनसिप खेलिरहेको नेपालले ५ पटकको विजेता एवं साविक विजेता समेत रहेको जोर्डनसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपालले वाफ वुमेन्स च्याम्पियनसिप प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएको र यसअघि समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनल पुगेको नेपालले समूह ‘ए’ को उपविजेता लेबनानलाई इन्जुरी समयमा २–१ ले पराजित गर्दै फाइनल पुगेको थियो ।

त्यस्तै यसअघि जोर्डनले प्यालेस्टाइनलाई ५–० ले पराजित गर्दै फाइनल पुगेको थियो । आजको फाईनल खेलमा प्रतियोगितामा ९ गोल गरेकी नेपालकी फरवार्ड सावित्रा भण्डारी सहभागी नहुने भएपछी नेपाली टोली दबाबमा देखिन भएपनि जोर्डनसँग नेपालको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ ।