Advertisement Banner
Advertisement Banner

१० सोमबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणको टेन्डर आह्वान

१७ बिहिबार , फाल्गुण २०८०३ बर्ष अगाडि

गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणको टेन्डर आह्वान

चितवनस्थित भरतपुर महानगरपालिकामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको टेन्डर आह्वान गरिएको छ । महानगरले सार्वजनिक सूचना जारि गर्दै टेन्डर आह्वान गरेको हो ।

महानगरपालिकाले बिहीबार सार्वजनिक सूचना निकालेर रंगशाला निर्माणको लागि ९० करोडको टेन्डर आह्वान गरेको बताईएको छ । आगामी मार्च ३१ गते १२ बजेसम्म टेण्डर हाल्ने अन्तिम समयसिमा दिएर महानगरले यसलाई पहिलो चरणको ठेक्का भनेको छ ।

धुर्मुस-सुन्तली फाउन्डेसनले निर्माण सुरु गरि लामाे समयदेखि अलपत्र रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको प्रदेश सरकार र भरतपुर महानगरपालिकासँगै संघीय सरकारको सहयोगमा निर्माण हुने भएपछी टेन्डर आह्वान गरिएको बताईएको छ ।