Advertisement Banner
Advertisement Banner

१६ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

एउटा केपी अर्को कट्टेल / मन्त्री गिरिराजमणि-डा.गोविन्द केसी

२७ सोमबार , पौष २०७२९ बर्ष अगाडि

एउटा केपी अर्को कट्टेल

एउटाको नाम केपी अर्कोको नाम कट्टेल। सक्कली र नक्कली केपी शर्मा ओली चिन्न छाडिएको छ। एउटा राजनीतिज्ञ, अर्को राजनीतिक हास्य व्यङ्गकार। एउटा उखान, टुक्का हालेर ठट्टा गर्ने राज्यसत्ताका रथी, अर्को राजनीतिक व्यङ्ग गर्ने हास्यव्यङ्गका महारथी। हात्ती र हात्तीछाप चप्पलजस्तो यी दुबै उस्तै उस्तै लाग्न थालेको प्रतिक्रिया छ आमनागरिक समाजको।
केपी अेालीले एकवर्षमा लोडसेडिङ्बाट मुक्त गराइदिन्छु भन्ने पटक पटक अभिव्यक्ति दिएपछि एक एक लिटर मटितेल, आधा सिलिण्डर ग्यास, ५ लिटर पेट्रोल, आवतजावत गर्न सार्वजनिक सवारी साधन नपाएर र आन्दोलन र नाकावन्दीका कारण सामान्य औषधि उपचारसमेत नपाएर छटपटिएका जनता जिल्ल परिरहेका बेलामा यिनले अव ग्यासका सिलिण्डर काँधमा, साइकलमा बोकेर हिड्न पर्दैन, घरघरमा ग्यासको पाइप जोडिदिन्छु भनेपछि ओली प्रधानमन्त्री हुन् कि सिताराम कट्टेल? यो सक्कली ओलीले बोलेको कि नक्कलीले? भन्ने समाजमा प्रश्न उठेको छ। देशको प्रधानमन्त्रीले बोल्ने यस्तै हो? जनताको प्रश्न छ।
प्रधानमन्त्री केपी ओलीले यसरी बोलेपछि एमालेकै केन्द्रीय सदस्य, कार्यकर्ताहरुले आफ्ना पार्टी अध्यक्षको मजाक उडाएका थिए। स्मरणीय छ, पार्टीका पूर्व अध्यक्षद्वय झलनाथ खनाल र माधवकुमार नेपालले हल्ला गरेर बनेको सरकारले हल्लामात्र गरेको, जनताप्रतिको जिम्मेवारी पूरा गर्न नसकेको आरोप लगाइसकेका छन्।
यसैवीच एमालेभित्र नेतृत्वविवाद चर्केको छ। अध्यक्ष केपी ओलीले एकलौटी रुपमा पार्टी चलाएको, मन्त्री र अन्य नियुक्तीहरुमा पार्टीमा छलफल समेत नगराएको भनेर बिरोधको स्वर प्रकट गरेका छन्। यसबाट एमालेभित्रै सन्तुष्टि दिन नसकेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली दुबै नेतृत्वमा असफल भएको प्रमाणित मात्र भएको छैन, लोभीपापी मिलेर बनेको सरकार अव बालुवाको महल ढलेझैं ढल्न लामो समय कुर्नु नपर्ने विश्लेषण गरिदैछ।

मन्त्री गिरिराजमणि-डा.गोविन्द केसी

सहकारी प्रतिष्ठान बनाएर चोरबाटोबाट मनमोहन मेडिकल कलेजलाई सम्बन्धन दिलाएरै छाड्ने प्रधानमन्त्रीको कदममा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले साथ दिने भएका छन्। यही सकेत गर्दै मन्त्री पोखरेलको भनाई छ– सरकारको हातखुट्टा बाँध्ने सम्झौता स्वीकार्य हुँदैन। उनले सुशील कोइरालाको नेतृत्वको सरकारसँग भएका सम्झौता अमान्य भएको लक्ष्यण देखाएका छन्। डा.गोविन्द केसी मेडिकल शिक्षा बिधिनिर्माण गरेर चलोस्, माफियाकरण नहोस् भनेर माग गर्दै छैठौं पटक अनसन बस्ने क्रममा छन् र उनको भनाई छ– म श्वास भएसम्म सर्वसुलभ मेडिकल शिक्षाको पक्षमा लडिरहनेछु।
गिरिराजमणि पोखरेल एमाओवादी नेता र कोटामा मन्त्री भएका हुन्। मनमोहन मेडिकल कलेजलाई सम्बन्धन दिलाउने विषयलाई एमालेले जुँगाको लडाइ बनाएको छ। यसका लागि एमाले नेताहरुले डा.केसी अनसन बसेर मरे मरुन् भन्नेसम्मको अमानवीय अभिव्यक्ति पहिलेदेखि दिदै आएका छन्। अहिले त एमालेको नेतृत्वमा नै सरकार छ। प्रधानमन्त्री ओलीले मनमोहन मेडिकल कलेजलाई सहकारी प्रतिष्ठान बनाएर सम्बन्धन दिने बताइसकेका छन् भने यसका लागि एमालेले मेडिकल काउन्सिल र अन्य निकायहरुमा पार्टी निकट व्यक्तिहरुलाई नियुक्त गरिसकेको छ। संसदमा बिधेयकसमेत पुर्‍याएको छ। मानौं एमालेका लागि नाकावन्दी, मधेस आन्दोलन, भूकम्पपीडित, कालो बजारिया भन्दा ठूलो मुद्दा हो मनमोहन मेडिकल कलेजलाई सम्बन्धन दिलाएर सञ्चालन गर्नु।
तथापि मन्त्री पोखरेलले नकार्न नसकेको सत्य के हो भने नेपालमा चिकित्सा शिक्षालाई गुणात्मक ढंगले अगाडि बढाउनु  पर्छ भन्ने डा.केसीको सतप्रयासलाई उनले सकारात्मक रुपमा लिएका छन्। तर मेडिकल शिक्षामा प्रचारमा फी निर्धारणअनुसार देखिए पनि यथार्थमा मनलागी फी अशूल भइरहेकोतिर मन्त्रीले ध्यान दिएका छैनन्। चिकित्सा शिक्षाका ४१ बिधामा अहिले पनि माफियाकै पकड रहेको देखिन्छ।
प्रधानमन्त्री र मन्त्री जे सही हो, त्यही गरौं भन्दैछन् र उनीहरु सरकारले मेडिकल कलेज स्थापना चाहियो भनेपछि कसैले रोक्न सक्दैन पनि भन्छन्। यो द्वैध चरित्र भनेको मेडिकल माफियाकै भाषा हो भन्ने ठहर डा.केसीको रहेको छ।