Advertisement Banner
Advertisement Banner

१३ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

नेपालगञ्ज उपमहानगरपालिका अत्यावश्यक बाहेकका सेवा बन्द

१६ बुधबार , फाल्गुण २०८०२ बर्ष अगाडि

नेपालगञ्ज उपमहानगरपालिका अत्यावश्यक बाहेकका सेवा बन्द

नेपालगञ्ज उपमहानगरपालिकाका कर्मचारीहरूले सोहि पालिकाका वडा नम्बर ५ का वडा अध्यक्षले अवाञ्छित क्रियाकलाप गरेको भन्दै अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेका छन् । उनीहरुले डा नम्बर ५ का वडा अध्यक्ष सराफत हुसेन शेषले अवाञ्छित क्रियाकलाप गरेको भन्दै उपमहानगरपालिका कार्यालय र सम्पूर्ण वडा कार्यालयहरूमा अत्यावश्यक बाहेक सम्पूर्ण सेवा बन्द गर्ने घोषणा गरेका हुन् ।

वडा अध्यक्ष शेषले अवाञ्छित क्रियाकलाप गरेको भन्दै कडा कारबाहीका लागि कानुनी प्रक्रिया अगाडि नबढ्दासम्म कर्मचारीहरूले अत्यावश्यक बाहेक सबै सेवा ठप्प पार्ने बताएका छन् । उनीहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै वडा अध्यक्ष शेषले मङ्गलवार दिउँसो उपमहानगरपालिका कार्यालयमा प्रवेश गरी कर्मचारीलाई धम्क्याउने, अपशब्द प्रयोग गर्ने, नगर प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा समेत प्रवेश गरी अभद्र व्यवहार गरेको घटनाको घोर भर्त्सना गरेका छन् ।    

वडा अध्यक्ष शेषले जनप्रतिनिधि एवम् कर्मचारीलाई झुटो लाञ्छना लगाउने, मानमर्दन हुने गरी अवाञ्छित क्रियाकलाप गर्ने जस्ता कार्य गरेकाले उक्त कार्य अति नै निन्दनीय भएको भन्दै कर्मचारीहरूले कडा कारबाहीको माग गरेका हुन् । 

उनको क्रियाकलापले कर्मचारीलाई काम गर्ने वातावरण नभएकाले उनीमाथि प्रचलित कानुन बमोजिम कारबाही हुनुपर्ने माग गर्दै उपमहानगरपालिकाका कर्मचारीहरूले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको बताईएको छ ।