Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

लेबनानलाई हराउदै नेपाल (वाफ) च्याम्पियनसिपको फाइनलमा

१६ बुधबार , फाल्गुण २०८०८ महिना अगाडि

लेबनानलाई हराउदै नेपाल (वाफ) च्याम्पियनसिपको फाइनलमा

साउदी अरेबियामा जारी पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिप अन्तर्गतको खेलमा नेपाल फाईनलमा  प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा लेबनानविरुद्धको खेलमा लेबनानलाई २-१ गोलले हराउदै नेपाल फाईनलमा प्रवेश गरेको हो ।

प्रतियोगिताअन्तर्गत मंगलबार राति भएको खेलमा नेपालले आफ्नै पोस्टमा गोल गरेपछि लेबनानले अग्रता लिएको थियो । खेलको ३८ औं मिनेटमा नेपालकी पूजा रानाले गोलकिपर एन्जिला तुम्बापोलाई दिएको ब्याकपास गोलमा परिणत हुँदा नेपाल १ गोलले पछि परेको थियो ।

नेपालले खेलको ७६ औँ मिनेटमा १ गोल गरि खेललाई बराबरीमा फर्काएको थियो भने ७६ औँ मिनेटमा नेपालको तर्फबाट सावित्रा भण्डारीले गोल गरेकी थिइन् । सावित्रीले जारी प्रतियोगितामा नवौं गोल गर्दै दक्षिण एसियाबाट सर्वाधिक गोल गर्ने खेलाडीको शीर्ष स्थानमा पुगेकी छन् । उनले भारतकी बाला देवीको ५२ गोलको रेकर्डलाई पछि पर्दै ५३ औं गोल गरि शीर्ष स्थानमा पुगेकी हुन् ।  

दोस्रो हाफसम्म बराबरीमा रहेको नेपालले अतिरिक्त थप पाँच मिनेटको चौथो मिनेटमा नेपालकी प्रीति राईले गोल गर्दै नेपाललाई जित दिलाईएकी हुन् । विमला चौधरीले प्रहार गरेको कर्नर किक क्लियर भएपनि डिबक्स भन्दा बाहिरबाट प्रीतिले गरेको प्रहार सिधै गोलमा परिणत हुँदा नेपाल २-१ गोलको जित निकाल्दै फाइनलमा प्रवेश गरेको थियो ।

वाफको प्रतियोगितामा पहिलो पटक सहभागी नेपालले फाईनलमा उपाधिका लागि वाफको डिफेन्डिङ च्याम्पियन जोर्डनसँग खेल्ने छ । जोर्डनले यसअघिको सेमिफाइनल खेलमा प्यालेस्टाइनलाई ५-० ले पराजित गरेको थियो ।