Advertisement Banner
Advertisement Banner

१३ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

हेटौंडा-काठमाडौं जोड्ने छोटो सडक आजबाट संचालनमा

१६ बुधबार , फाल्गुण २०८०२ बर्ष अगाडि

हेटौंडा-काठमाडौं जोड्ने छोटो सडक आजबाट संचालनमा

हेटौंडा देखि काठमाडौं जोड्ने छोटो दुरीको कुलेखानी–फर्पिङ सडक आजदेखि संचालनमा आउने भएको छ । बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने छोटो दुरीको उक्त कुलेखानी–फाखेल–हुमाने सडक आजबाट संचालनमा आउने भएको हो ।

पुस १६ गतेदेखि सडक निर्माण तथा मर्मतका लागि बन्द रहेको उक्त सडकखण्ड आजबाट संचालनमा आउने भएको बताईएको छ । इन्द्रसरोवर गाउँपालिकाले मंगलवार एक सूचना जारी गर्दै उक्त सडक आजदेखि संचालनमा आउने जानकारी गराएको हो ।

सडकमा आवतजावत गर्ने यात्रुहरुको समस्या, होटेल व्यवसायी र सडकलाई लक्षित गरी संचालित अन्य व्यवसायीहरुलाई पर्न गएको असुविधालाई मध्यनजर गर्दै सडक संचालनमा ल्याउन लागिएको इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीले बताएका छन् । उक्त सडक खण्डमा सडक मर्मत, निर्माण तथा स्तरोन्नतिको काम भईरहेको छ ।