Advertisement Banner
Advertisement Banner

१३ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

किसान महासंघको आवाज

१६ बुधबार , फाल्गुण २०८०२ बर्ष अगाडि

किसान महासंघको आवाज

हामी अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ), नेपाल दलित मुक्ति मोर्चा र अखिल नेपाल सुकुम्बासी संघको लघुवित्तीय संस्थाहरूको शोषण र अत्याचारबाट पीडित जनसमुदायको संघर्षबारे गम्भीर ध्यानाकर्षण भएको छ । हामी लघुवित्त तथा वित्तीय शोषण विरूद्धको संघर्ष समिति नेपालको न्यायपूर्ण संघर्षको पक्षमा दृढ ऐक्यबद्धता जाहेर गर्दछौँ र नेपाल सरकारसमक्ष निम्म मागहरू प्रस्तुत गर्दै यी मागहरू अविलम्ब पूरा गर्न जोडदार माग गर्दछौः
१.    लघुवित्त पीडितहरूका मागहरू यथाशीघ्र सम्बोधन गरियोस् । गिरफ्तार गरिएका लघुवित्त तथा वित्तीय शोषण विरूद्धको संघर्ष समिति नेपालका सम्पूर्ण अभियन्ताहरूलाई बिनाशर्त अविलम्ब रिहाइ गरियोस् ।
२.    मणिराम ज्ञवालीसहित आमरण अनसनमा बसेका लघुवित्तीय संस्था पीडितहरूसँगको वार्तापश्चात नेपाल सरकारले गठन गरेको तर समस्या समाधानमा कुनै पहल नगरेको असक्षम, गैरजिम्मेवार र अकर्मण्य वार्ता समिति तत्काल भंग गरी नयाँ उच्चस्तरीय वार्ता समिति गठन गरियोस् ।
३.    नेपाल सरकारले लघुवित्त सम्बन्धी समस्या समाधान गर्न गठन गरेको वार्ता समितिमा आफ्नो प्रतिनिधि समेत नपठाउने र लघुवित्तहरूलाई नियमन नगरी लाखौँ जनतालाई पीडित बनाई हजारौँ जनतालाई सडकमा आउन वाध्य बनाउने नेपाल राष्ट्र बैंकका गभर्नर र अन्य पदाधिकारीलाई अविलम्ब बर्खास्त गरियोस् ।
४.    राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको विकास गर्दै समाजवादको आधार तयार गर्ने जनपक्षीय र गरिबमुखी मौद्रिक नीति जारी गरियोस् ।
५.    लघुवित्तहरूले लगाउने ब्याजदर १ अंकमा झारियोस् । लघुवित्तहरूले चक्रिय ब्याज र हर्जानाको नाममा मासिक ३६% भन्दा बढी ब्याज लगाउने कार्य अविलम्ब रोकियोस् र लघुवित्तको नाममा चलाइएको संस्थागत मिटरब्याजको धन्दा बन्द गरियोस् । 
६.    लघुवित्तहरूबाट कालो सूची (कर्जा सूचना केन्द्र)मा नाम राखिएका सबैको नाम तत्काल हटाई धितो लिलामी प्रक्रिया रोकियोस् ।
७.    लघुवित्तबाट लिएको ऋणको कोरोनाकालदेखि हालसम्मको सम्पूर्ण ब्याज र हर्जाना मिनाहा गरियोस् । बाँकी साँवा चुक्ता गर्न बढीमा ५ वर्षको अवधि दिई ऋणको पुनर्तालिकीकरण (नयाँ किस्ता जारी) गरियोस्।
८.    नेपाल राष्ट्र बैंकको निर्देशिका पालना नगर्ने लघुवित्तहरूलाई अविलम्ब कडा कारबाही गरियोस् ।

हार्दिक क्रान्तिकारी अभिवादनसहित ।                        मितिः २०८०÷११÷१५


  .................................                         .................................
   चित्रबहादुर श्रेष्ठ                                जगतबहादुर सिम्खडा
   अध्यक्ष                                      अध्यक्ष
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)              अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ)    

            
  ................................                             .................................
     दलजित श्रीपाइली                                   अमर परियार
       अध्यक्ष                                        अध्यक्ष
  नेपाल दलित मुक्ति मोर्चा                        अखिल नेपाल सुकुम्बासी संघ