Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सेन्चुरी बैंकका तत्कालीन सीईओ न्यौपानेसहित ९ जना पक्राउ

१५ मंगलबार , फाल्गुण २०८०८ महिना अगाडि

सेन्चुरी बैंकका तत्कालीन सीईओ न्यौपानेसहित ९ जना पक्राउ

सेन्चुरी बैंकका तत्कालीन सीईओ मनोज न्यौपानेसहित ९ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले पक्राउ गरेको छ । हाल प्रभु बैंकका डेपुटी सीईओ समेत रहेका न्यौपानेलाई पद दुरुपयोग गरि मनोमानी ढंगले ऋण प्रवाह गरेको आरोपमा पक्राउ गरेको हो ।  

सेन्चुरी बैंक हालैसालै मात्र प्रभु बैंकमा मर्ज भएको र प्रभुमा मर्ज भएपछि न्यौपानेलाई डेपुटी सिईओ बनाएको थियो । गत पुसमा प्रभुले सेन्चुरीलाई १:१  को स्वाप अनुपात प्राप्ति गरेको हो । 

पक्राउ परेकाहरुमा न्यौपानेसहित सेञ्चुरी बैंकका तत्कालीन चिफ क्रेडिट अफिसर राजेश भण्डारी,तुलसीराम गौतमलगायत छन् । उनीहरुले कमिसन लिई देउराली सहकारीका अध्यक्ष रवीन्द्र चौलागाई र उनका विभिन्न कम्पनीहरुलाई कम धितो राखेर बढी ऋण प्रवाह गरी बैंकलाई दुई अर्ब हानी नोक्सानी पुराएको आरोप छ । 

उनीहरुलाई सेन्चुरी बैंक रहँदा भएको घटनामा पक्राउ गरिएको सीआईबीले जनाएको छ ।