Advertisement Banner
Advertisement Banner

१५ शुक्रबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

विभिन्न ९ वटा निर्माण कम्पनी कालोसूचीमा

१५ मंगलबार , फाल्गुण २०८०२ बर्ष अगाडि

विभिन्न ९ वटा निर्माण कम्पनी कालोसूचीमा

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयको सोमबारको निर्णय अनुसार विभिन्न ९ वटा निर्माण कम्पनी कालोसूचीमा परेका छन् । सरकारले विभिन्न ९ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको अवधिभर कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने गरि कालोसूचीमा राखेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयको सोमबारको निर्णय अनुसार श्री मजदुर कन्ट्रक्सन प्रा.लि बिरेन्द्रनगर सुर्खेत, श्री खम्पाचे शेर्पा निर्माण सेवा प्र.लि चाबहिल काठमाडौँ, श्री ईन्द्रपुरी कन्ट्रक्सन फर्म पोखरा, श्री रुपन्देही विल्डर्स एण्ड कन्ट्रक्सन काठमाडौँलाई कालोसूचीमा राखिएको बताईएको छ ।

त्यसैगरी श्री प्राकृतिक/कश्यप/समिर जेभी कलंकी काठमाडौँ, श्री ईन्द्रपुरी कन्ट्रक्सन फर्म कास्की-१० पोखरा, श्री पारस विल्डर्स एण्ड सप्लायर्स महाराजगंज काठमाडौँ, श्री प्रभु एण्ड सन्स निर्माण सेवा हरिनगर-१ सुनसरी र श्री न्यू मालिका निर्माण सेवा मदाने-४ गुल्मी लगायतका निर्माण कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ ।

कालोसूचीमा राखिएका उक्त निर्माण व्यवसायी/आपूर्तिकर्ताले कालोसूचीमा राखिएको अवधिभर  कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउन खरिद अनुगमन कार्यालयले स्पष्ट पारेको छ ।