Advertisement Banner
Advertisement Banner

१५ शुक्रबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

प्रधानमन्त्रीद्धार दुध किसानको भुक्तानी दिन निर्देशन

१५ मंगलबार , फाल्गुण २०८०२ बर्ष अगाडि

प्रधानमन्त्रीद्धार दुध किसानको भुक्तानी दिन निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुग्ध विकास संस्थानले दूध खरिद गरेबापत किसानलाई दिनुपर्ने बक्यौता रकम तुरुन्त भुक्तानी दिने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । हिजो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा अर्थमन्त्री, कृषिमन्त्री, र नेपाल सरकारका मुख्यसचिवलाई दुग्ध किसानहरूको दूधको भुक्तानी तुरुन्तै दिन प्रधानमन्त्रीले निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीले अर्थमन्त्री डा. प्रकाशशरण महत, कृषिमन्त्री डा. बेदुराम भुसाल र नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याललाई बोलाएर दुग्ध किसानहरूको दूधको भुक्तानी तुरुन्तै दिने व्यवस्था मिलाउन निर्देशन निर्देशन दिएका हुन् । उनले निजी क्षेत्रबाट किसानहरूले पाउनुपर्ने बक्यौता भुक्तानी तुरुन्त दिलाउने गरी पहल गर्न र भुक्तानी नदिए कारबाहीको प्रक्रिया अगाडि बढाउन समेत निर्देशन दिएका छन् ।

किसानहरूले महिनौँसम्म दूधको भुक्तानी नपाउनुको कारण के हो त्यसलाई गम्भीरतापूर्वक लिएर निजी क्षेत्रबाट किसानहरूलाई भुक्तानी दिनुपर्ने रकमका लागि तत्काल सहजीकरण गर्न समेत प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएको बताईएको छ ।