Advertisement Banner
Advertisement Banner

१४ शुक्रबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

ओलीका आलोचक झलनाथ र माधव नेपाल

२० सोमबार , पौष २०७२११ बर्ष अगाडि

प्रधानमन्त्री केपी ओली असफल भए भन्ने आरोप विरोधीले होइन, एमालेका बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले लगाएका छन्। यसबाट थाहा हुन्छ– केपी ओलीको सरकार ढल्नेबेला भयो। प्रचण्डले ओलीलाई कति दिन काँधमा बोकेर कुन मैदानमा पछार्ने हुन् अनुमानको विषय बनेको छ। भूकम्पपीडितप्रति सरकार संवेदनशील हुनसकेन। सरकारले जनताको चिन्ता केन्द्रविन्दूमा राख्न सकेन, कालोबजारी, मूूल्यबृद्धि र तस्करी रोक्न सकेन। बढी हल्ला गरेर आएको सरकारले काम गर्न सकेन। यस्तै हो भने मुलुक असफल हुन्छ। माधव नेपालले पटक पटक आरोप लगाएका छन्।
अर्का एमालेका बरिष्ठ नेता झलनाथ खनालले त अव मुलुकमा सर्वदलीय सरकार गठन गर्न आवश्यक भयो भनिदिए। भूकम्पपीडितमाथि नाकावन्दी र आन्दोलनले थप पीडा दिएको छ। यसलाई सर्वदलीय शक्तिले मात्र राष्ट्रिय एकता निर्माण र संकटको संवोधन गर्नसक्छ भन्ने झलनाथ खनालको बुझाइ छ। अर्थात ओली सरकार सय दिन नपुगी असफल भइसक्यो। जब सत्तारुढ पार्टी पंक्ति नै सरकारको क्रियाकलापबाट सन्तुष्ट छैन भने अरु कसरी सन्तुष्ट हुनसक्छन्। देशमा संकट नबढे के बढ्छ?
नाकावन्दीले खतरनाक स्थिति सिर्जना भएको छ। महन्थ ठाकुरले एउटै नेपालमा दुई राष्ट्रको मुद्दा उठाए। जुन साजिसले श्रीलंका र पाकिस्तान भुक्तमान भयो, त्यस्तै कन्सपेरेसी नेपालमाथि लादिदैछ। सबै राजनीतिक दलको सहमति बिना यो साजिस रोक्न सकिदैन। त्यसैले सर्वदलीय सरकार गठन गर्नु उपयुक्त हुन्छ। ओलीजी, आफ्नै पार्टीभित्र हेरेर आफूलाई मूल्यांकन गर्ने हो भने अव राजीनामा दिएर बक्यौता इज्जत बचाउनु उपयुक्त हुनेछ। अन्यथा रोगले त च्याप्यो च्याप्यो, इतिहासले पनि कलंकित गर्ला?