Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

स्मार्ट ड्राइभिङ लाइसेन्सबारे सांसदको प्रश्न

१४ सोमबार , फाल्गुण २०८०८ महिना अगाडि

स्मार्ट ड्राइभिङ लाइसेन्सबारे सांसदको प्रश्न

प्रतिनिधिसभामा स्मार्ट ड्राइभिङ लाइसेन्सबारे सांसद असिम शाहले प्रश्न गरेका छन् । सांसद शाहले आफूसँग भएको ड्राइभिङ लाइसेन्स देखाउँदै ‘यो कसरी स्मार्ट भएको हो ?’ भनी प्रश्न गरेका हुन् ।

एक लाखप्रति नक्कली लाइसेन्स जारी गरिएको भन्दै उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सीआईबीले अनुसन्धान गरिरहेको उल्लेख गरेका छन् । उनले जर्मनीबाट १२ लाख कार्ड खरिद गरिएकोमा भेरिफिकेसन नमिल्दा ६ लाख कार्ड छाप्न नसकिएर फिर्ता आएको समेत बताएका थिए ।

सांसद शाहले मद्रास सेक्युरिटी प्रेसले ४० हजार डलर थपे छाप्न मिल्ने भनेको बताउदै कार्ड एउटा देशबाट ल्याउने र छाप्न अर्काे देशमा दिने कार्य रोक्नुपर्नेमा जोड दिएका छन् । उनले “यो कस्तो स्मार्ट लाइसेन्स हो ? जनता आफैँ स्मार्ट भइसकेका छन् । यो प्रिन्ट गर्ने काम बन्द गरौँ । लाइसेन्सका लागि पर्खिनुपर्ने समय अन्त्य गरी यो महाजात्रा रोकौँ” भनेका छन् ।

त्यसैगरी अर्का सांसद उदयशमशेर जबराले स्मार्ट लाइसेन्स पाउन २१ महिना लाग्ने बताउदै उनले सन् २०२२ अक्टोबरमा नवीकरण गर्न दिएको कार्ड हालसम्म नपाएको जानकारी गराएका छन् । 

उनले एक दिनमा १ हजार ६ सय ८० कार्ड प्रिन्ट गर्न सकिने बताउदै सरकारले नचाहेका कारण ढिला भएको बताए । लाइसेन्स रिन्यु गर्न एक दिन ढिलो भए डबल फाइन तिर्नुपर्ने स्थिति छ तर नवीकरण गर्न वर्षौ लाग्छ यसमा सरकारको ध्यान जान जरुरि रहेको बताए ।