Advertisement Banner
Advertisement Banner

१३ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

लाखौको लत्ताकपडा र ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

१४ सोमबार , फाल्गुण २०८०२ बर्ष अगाडि

लाखौको लत्ताकपडा र ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

झन्डै ७० लाख बराबरको लत्ताकपडा र ट्रकलाई शङ्कास्पद विलबिजकको आधारमा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । पर्साको वीरगञ्ज महानगरपालिका-२५ बहुअरीबाट गत शनिबार सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।

फागुन १२ गते राति सशस्त्र प्रहरीले शङ्कास्पद विलबिजक भएको रु ७० लाख बराबरको लत्ताकपडा सहित ना ८ ख ३९७८ नम्बरको ट्रक नियन्त्रणमा लिएको छ । उक्त ट्रक लत्ताकपडा लिएर वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको बताईएको छ ।

वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको ट्रकमा लोड गरी ल्याउँदै गरेको लत्ताकपडाको विलबिजक शङ्कास्पद देखिएपछि प्रस्तावित सीमा सुरक्षा गुल्म अलौले ट्रकलाई नियन्त्रणमा लिएको थियो । 

नियन्त्रणमा लिइएको लत्ताकपडाको ७० लाख र ट्रकको अन्दाजी मूल्य रु ४० लाख मूल्याङ्कन गरी आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिएका छन् ।