Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

लायन्स तथा लियो क्लबको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

१४ सोमबार , फाल्गुण २०८०८ महिना अगाडि

लायन्स तथा लियो क्लबको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

लायन्स तथा लियाे क्लब अफ काठमाडौँ, लर्ड बुद्ध तथा द सनसाइन स्कुलकाे संयुक्त आयोजनामा विजेश्वरी स्थित द सन साइन स्कुल र सिटिजन कलेजमा वृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ‘रक्तदान जीवन दान, महादान पुण्यदान, आफू बचौं अरुलाई पनि बचाऔं’ भन्ने नारा सहित वृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

संयुक्त रुपमा आयोजना गरिएको उक्त कार्यक्रम पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालकाे प्रमुख अध्यक्षतामा सम्पन्न भएको थियो । काठमाडौँको तिनकुने स्थित कान्तिपुर हस्पिटलको प्रविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो ।

सन साइन स्कुलकाे २७ औं  बार्षिक उत्सवको अवसर पारेर आयोजना गरिएको उक्त  कार्यक्रममा विपदमा हातेमालो गरेको भन्दै उपस्थित अभिभावकले समेत क्लब प्रति  खुसी प्रकट गरेका थिए । देशभर रगत अभावको विद्यमान अवस्थालाई दृष्टिगत गरी आयोजना गरिएको कार्यक्रमबाट करिब २१ पिन्ट ब्लड संकलन भएको लायन्स क्लब अफ काठमाडौंका सदस्य प्रदिप खड्काले जानकारी दिएका छन् । उनकाअनुसार स्वास्थ्य समस्याको कारण ३० जना भन्दा बढीले रक्तदान गर्न पाएनन् ।

कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ आई नेपालका डिस्ट्रिक गभर्नर लायन चन्द्र कुमार केसी , लायन्स डिस्ट्रिक ३२५ आई नेपालको चिफ एडभाइजर लायन सूर्य केसी, लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ आई नेपालका NLF/  पढाओ अभियान चिफ लायन बिष्णु भण्डारी, क्लबका अध्यक्ष लायन बदन भण्डारी,रिजन चेयरपर्सन , क्लबका उपाध्यक्ष, सचिव, काेषाध्यक्षलगायतका डाइनामिक लायन्सका सदस्यहरुको  उपस्थिति रहेको थियो ।