Advertisement Banner
Advertisement Banner

१५ शुक्रबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

आज पनि मिटरब्याजपीडित र सरकारबीच वार्ता

१४ सोमबार , फाल्गुण २०८०२ बर्ष अगाडि

आज पनि मिटरब्याजपीडित र सरकारबीच वार्ता

मिटरब्याजपीडित र सरकारबीच आईतबार सुरु भएको वार्ता आजपनि हुने भएको छ । आइतबार भएको वार्तामा आज बस्ने गरी टुंगिएकाले आज पुनः वार्ता हुने भएको हो ।

वार्ता बिहान ११ बजेदेखि पुनः हुने पीडित संघर्ष समितिका संयोजक नृग नविनले जानकारी दिएका छन् । आजको वार्तामा पीडितका मागसँग सम्बन्धित निकायका प्रतिनिधिहरूलाई पनि सहभागी गराउने सहमति भएको बताईएको छ।

हिजो गृह मन्त्रालयमा भएको वार्तामा पीडित पक्षले संघर्ष समितिको तर्फबाट अवधेश कुश्वाहाको संयोजकत्वमा वार्ता टोली गठन गरेका थिए । उक्त वार्ता टोलीमा टोलीमा आदित्य राम, मोहन महत्तो, शिव शंकर महत्तो, दामोदर ढकाल, रुक्मिणी चौधरी, सोहन शर्मा, राजाराम यादव र अंकित खनाललगायत सदस्य रहेका छन् ।

त्यसैगरी सरकारको तर्फबाट गृहमन्त्रालयका  सहसचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ता समिति बनाएको छ । त्यस्तै गृहले मिटरब्याजसँग सम्बन्धित समस्या समाधान लागि कानुन संशोधन, अधिकारसम्पन्न आयोग गठन, दुवै पक्षबीच मेलमिलाप गराउने र सहमति नभएका विषयमा कानुनबमोजिम मुद्दा दर्ता गर्नेलगायतका जिम्मेवारी नेपाल प्रहरीलाई प्रदान गर्ने विषय उल्लेख गरेको छ ।

अधिकारसम्पन्न आयोग गठनलगायतका ६ बुँदे माग राख्दै २३ दिन लगाएर काठमाडौं आइपुगेका मिटरब्याज पीडितले ५ दिनदेखि प्रदर्शन गरिरहेका छन् । उनीहरुले आफ्ना माग राख्दै वार्तामा बसेपनि सडक आन्दोलनलाई भने निरन्तरता दिने बताएका छन् ।