Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

दुग्ध उत्पादक किसानले आन्दोलन गर्ने

१४ सोमबार , फाल्गुण २०८०८ महिना अगाडि

दुग्ध उत्पादक किसानले आन्दोलन गर्ने

देशमा लघुवित्त र मिटर ब्याज पीडितले आन्दोलन गरिरहेको बेला फेरी दुग्ध उत्पादक किसानले आन्दोलन गर्ने भएका छन् । आफ्ना मागप्रति सरकार गम्भीर नभएको भन्दै किसानले आज देशव्यापी आन्दोलन सुरु गर्ने भएका हुन् ।

आजदेखि दुग्ध उत्पादक विभिन्न किसान संगठनले आन्दोलन गर्न लागेको बताईएको छ । केन्द्रीय दुग्ध सहकारी संस्था लिमिडेट, नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ, राष्ट्रिय प्रजातान्त्रिक किसान संगठन र नेपाल दुग्ध व्यवसायी संघ लगायत १५ किसान संगठनले संयुक्त आन्दोलन गर्न लागेका हुन् ।  

उनीहरुले आज देशभरका जिल्ला प्रशासन कार्यालयमा बिहान १० बजेदेखि २ घण्टा धर्ना दिने कार्यक्रम तय गरेका छन् । त्यसैगरी भोलि मंगलबार पुनः बिहान १० देखि १२ बजेसम्म धर्नाको कार्यक्रम रहेको केन्द्रीय दुग्ध सहकारी संस्था लिमिडेटका अध्यक्ष अम्मर बहादुर कुँवरले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आजबाट देशब्यापी आन्दोलन थाल्न लागेका दूध किसानले फागुन १७ गते देशभरका राजमार्गमा २ घण्टा चक्काजामको कार्यक्रम गर्ने र २१ गते काठमाडौंमा धर्ना तथा विरोध प्रदर्शन गर्ने बताएका छन् । दूध र दुग्धजन्य पदार्थ उत्पादन तथा बिक्री वितरणमा  किसानले भोग्नुपरेको समस्या समाधान गर्न सरकारले चासो नदिएको उनीहरुको आरोप छ ।

दुधको भुक्तानी गर्न बाँकी बक्यौता रकम तत्काल भुक्तानी गर्नुपर्ने, किसानले उत्पादन गरेको सम्पूर्ण दुग्ध खरिद गर्ने व्यवस्था गर्नुपर्ने, भारतबाट दूध र दुग्धजन्य पदार्थ आयात भएको विषयमा प्रभावकारी छानविन र अनुगमन गरी बन्द गर्नुपर्ने माग राख्दै उनीहरुले आन्दोलन सुरु गर्न लागेका हुन् ।