Advertisement Banner
Advertisement Banner

१३ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

नेपालको ३४ वटा विमानस्थलमा निःशुल्क वाइफाइ

१३ आइतबार , फाल्गुण २०८०२ बर्ष अगाडि

नेपालको ३४ वटा विमानस्थलमा निःशुल्क वाइफाइ

आगामी ६ महिना भित्र नेपाल टेलिकमले मुलुकका ३४ वटा विमानस्थलमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)बीच सेवा सञ्चालनका लागि सम्झौता भएसंगै टेलिकमले उक्त सेवा उपलब्ध गराउने भएको हो ।

टेलिकमले ६ महिनाभित्र ३४ वटा विमानस्थलमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा उपलब्ध गराउने नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)बीच उक्त सेवा सञ्चालनका लागि सम्झौता भएको प्राधिकरणका उपमहानिर्देशक जगन्नाथ निरौलाले जानकारी दिएका छन् ।

उपमहानिर्देशक निरौलाकाअनुसार टेलिकम र नागरिक उड्डयन प्राधिकरणबीच ३४ विमानस्थलमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा उपलब्ध गराउने सम्झौता भएको र अबको ६ महिनाभित्रमा सबै विमानस्थलमा वाइफाइ इन्टरनेटको काम सकिने बताईएको छ ।

सम्झौतापत्रमा हस्ताक्षर भएअनुसार सेवा उपलब्ध गराउने नेपाल टेलिकमका प्रमुख व्यावसायिक अधिकृत विनिता श्रेष्ठ र क्यानका प्रवक्ता तथा उपमहानिर्देशक जगन्नाथ निरौलाप्रतिबद्धता जनाएका छन् ।