Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

मिटरब्याज पीडितहरूको न्याय मार्च सुरू हुँदै

१३ आइतबार , फाल्गुण २०८०८ महिना अगाडि

मिटरब्याज पीडितहरूको न्याय मार्च सुरू हुँदै

आजदेखि काठमाडौँ उपत्यकामा मिटरब्याज पीडितहरूले मिटरब्याज विरूद्धको न्याय मार्च सुरू गर्ने भएका छन् । पूर्व र पशिमबाट एकसाथ काठमाडौं आइपुगेका मिटरब्याज पीडितहरूले आज आइतबारदेखि न्याय मार्च सुरू गर्न लागेका हुन् ।

मिटरब्याज पीडितहरू २५ दिन हिडेर शुक्रबार काठमाडौं आइपुगेका थिए । पीडितहरूले शानिबार आराम गरेर आज आइतबारदेखि न्याय मार्च सुरू गर्न लागेको बताईएको छ । उनीहरुले अहिले साढे १२ बजेदेखि पद्मोदयमार्ग-बगबजारहुँदै विद्युत प्राधिकरणको भवनअगाडि हुँदै भृकुटीमण्ड आएर कार्यक्रम गर्ने मिटर ब्याज तथा ठगीविरूद्ध किसान मजदुर संघर्ष समितिका प्रवक्ता निर्ग नविनले जानकारी दिएका छन् ।

मिटर ब्याज पिडितहरुको झन्डै ८ सयभन्दा धेरै उपस्थित रहेको र उनीहरुले शान्तिपूर्ण न्याय मार्च गर्ने बताईएको छ । एक फन्को मार्च भइसकेपछि कार्यक्रममा  पीडितका समस्याहरूकोबारेमा विभिन्न व्यक्तिहरूले बोल्नेछन् कार्यक्रम रहेको छ ।

हालसम्म सरकारको पक्षबाट उनीहरूलाई कुनै पनि वार्ताका लागि नबोलाईएकोले आफूहरू आन्तरिक छलफलमा लागि परेको प्रवक्ता निर्ग नविनले बताएका छन् । पिडितहरुले ६ बुँदे माग राख्दै माघ १६ गतेदेखि पैदल हिँड्न सुरु गरेको र आफ्ना माग पुरा नभएसम्म घर नफर्किने उनीहरुको अडान रहेको छ । शुक्रबार काठमाडौँ आईपुगेका उनीहरू भुकृटीमण्डपमा बस्दै आएका छन् ।