Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

पाँच बुँदे सहमति पछि गौतमले अनशन तोडे

१३ आइतबार , फाल्गुण २०८०८ महिना अगाडि

पाँच बुँदे सहमति पछि गौतमले अनशन तोडे

काभ्रेको धुलिखेल-खावा सडक निर्माण तत्काल सुरु गर्न माग गर्दै शुक्रबार आमरण अनसन सुरु गरेका जिल्ला समन्वय समिति काभ्रेका संयोजक दीपक गौतमले अनशन तोडेका छन् । सडक निर्माणका लागि सडक कार्यालय र ठेकेदारसँग पाँच बुँदे सहमति भएपछि संयोजक गौतमले अनशन तोडेका हुन् ।

जिल्ला समन्वय समिति काभ्रेका संयोजक गौतमले धुलिखेल खावा सडक निर्माण तत्काल निर्माण नहुदा उक्त सडक भएर यात्रा गर्ने सवारी साधन, यात्रुलगायत त्यस क्षेत्रका स्थानीयले सस्थी झेल्न परेको र दुर्घटनाले जनधनको क्षेती बेहोर्नु परेकाले तत्काल सडक निर्माण गर्न माग गरेका छन् ।

सहमति पछी सडक डिभिजन कार्यालय भक्तपुर र ठेकेदार गौरी पार्वती निर्माण सेवाले १५ फागुनसम्म कम्तीमा १०० जना जनशक्ति, ४ वटा एक्साभेटर, ६ वटा टिपर, अन्य आवश्यक जनशक्ति, मेसिन र निर्माण सामग्री साइटमा परिचालन गरी निर्माण कार्यलाई तीब्र बनाउन सहमत भएका छन् ।

सहमतिको ३ दिनभित्र निर्माण कार्यलाई द्रुत गति नदिए सडक डिभिजन कार्यालयले ठेक्का तोड्ने प्रक्रिया अघि बढाउने र तयसमा ठेकेदार कम्पनीले उजुरी गर्न नपाउने समेत सहमति भएको बताईएको छ । सहमतिअनुसार आवश्यकता अनुसार जनशक्ति, उपकरण र निर्माण सामग्री थपेर धुलिखेलदेखि २ किलोमिटर परसम्मको सडक चैत १९ गतेभित्र कालोपत्रे गरिसक्ने उल्लेख गरिएको छ ।

त्यस्तै बाँकी सडकको निर्माण सुरु गर्ने, काम सन्तोषजनक नभए सडक डिभिजन कार्यालयले जुनसुकै बेला ठेक्का तोड्न सक्ने समेत सहमतिमा जनाईएको छ । सहमति पत्रमा गौरी पार्वती निर्माण सेवाका प्रोपाइटर राामकुमार थापा र विशाल थापाले हस्ताक्षर गरेका छन् । त्यसैगरी सडक डिभिजन कार्यालय भक्तपुरका तर्फबाट डिभिजन प्रमुख मेघराज मरासिनी र इन्जिनियर सुमन बस्नेतले हस्ताक्षर गरेका छन् ।