Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

नारायणगढ-मुग्लिन सडक आजदेखि खुल्ला

१३ आइतबार , फाल्गुण २०८०८ महिना अगाडि

नारायणगढ-मुग्लिन सडक आजदेखि खुल्ला

बाटो मर्मत कार्य चलिरहेको कारण हरेक दिन दिउँसो ४ घण्टा बन्द हुँदै आएको नारायणगढ-मुग्लिन सडक आजदेखि खुल्ला भएको छ । चितवनको तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न सुरू भएपछि दैनिक ४ घण्टा बन्द हुँदै आएको नारायणगढ-मुग्लिन सडक आजदेखि पूर्णरुपमा खुल्ला भएको हो ।

तुइन खोलाको पहाड काट्ने काम लगभग सकिएकाले आजदेखि बाटो खुल्ला गरिएको नागढुङ्गा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ-मुग्लिन) का सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यले जानकारी दिएका छन् । पहाड काट्न एक/दुई मिटर जति मात्र बाँकी रहेको र बाटो बन्द गर्नुपर्ने अवस्था नरहेकाले बाटो खुल्ला गरिएको बताईएको छ ।

गत वर्षको पुसदेखि तुइन खोलामा पुल निर्माणका लागि पहाड काट्न सुरु भएपछि दिनहुँजसो सडक बन्द हुने गरेको थियो । ६० मिटर अग्लो पहाड काट्न गत वर्ष पुस ५ गतेदेखि फागुन २० गतेसम्म दैनिक ४ घण्टा बाटो बन्द गरिएको थियो । उक्त समयमा जम्मा २५ मिटरमात्रै पहाड काटिएर काम रोकिएकोमा यस वर्ष गएको पुस ७ गतेदेखि दिउँसो ४ घण्टा बाटो बन्द गरेर पुनः पहाड काट्न सुरू गरिएको थियो ।

तुइन खोलामा ६० मिटरको लम्बाइको पुल बनाउन पर्ने छ भने यस सडकका १९ पुलमध्ये ४ पुल चार वर्षअघि नै निर्माण भैसकेको छ । बाँकी १५ पुल एकै साथ ठेक्का लगाइएकोमा हाल ८ ओटा पुल निर्माण भएर गाडी गुडिरहेका छन् भने ६ ओटा पुल निर्माणको अन्तिम चरणमा पुगेको छ ।

विसं २०७६ चैत १० गतेबाट पुलको निर्माण थालिएको र पुलको लागत रु १ अर्ब २८ करोड रहेको थियो । कडा चट्टानका कारण तुइन खोलाको पुल निर्माणमा समस्या आएको र उक्त सडक विस्तार भएसँगै ९ देखि ११ मिटर फराकिलो बन्ने बताईएको छ ।