Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सञ्चय कोषमा ३० जना कर्मचारि माग

११ शुक्रबार , फाल्गुण २०८०८ महिना अगाडि

सञ्चय कोषमा ३० जना कर्मचारि माग

कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३० जना कर्मचारी माग गरेको छ । कोषले एक सूचना जारी गर्दै नवौंदेखि पाँचौं तहका विभिन्न पदका लागि कर्मचारी मागे गरेको हो ।

कोषको सूचनाअनुसार सहायक प्रबन्धकमा १२ जनाको माग गरिएको छ । जसमा खुलाबाट ७ जना, महिला र आदिवासी जनजातिबाट २/२ जना र मधेसीबाट १ जना कर्मचारी मागेको हो । त्यस्तै कोषले वरिष्ठ प्रबन्धक, प्रबन्धक र उपप्रबन्धक एक/एक जना मागेको छ ।

त्यसैगरी कोषले प्रशासनतर्फ १ जना र प्राविधिकतर्फ १ जना सहायक प्रबन्धक मागेको छ । त्यस्तै पाँचौं तहको प्रशासनतर्फ प्रमुख सहायकका लागि १३ जना कर्मचारी मागिएको सुचनामा उल्लेख गरिएको छ ।

सूचनाअनुसार ८ जना खुलाबाट, महिला र आदिवासी जनजातिबाट २/२ जना र १ जना मधेसीबाट नियुक्त गरिने बताईएको छ । जसअनुसार योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट सूचना प्रकाशित मितिले २१ दिनभित्र दरखास्त दिन आव्हान गरिएको छ ।