Advertisement Banner
Advertisement Banner

१६ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सिके राउतको सैन्य तालिम

२० सोमबार , पौष २०७२९ बर्ष अगाडि

मधेसमा जनमत संग्रह भइरहेको छ, एक नेपाल टुक्य्राएर मधेस देश बनाउने मुद्दा उछालिएको छ। यसका लागि सिके राउतले सिराहबाट मधेस मुक्ति सेना गठन गरेर तालिम दिन थालेका छन्। मधेस मुक्ति सेनामा भर्ति खोलिएको छ र भर्ति हुन मधेसका युवाहरुको भीड लागेको छ। यो बिखण्डनको बारुद हो। यस्तो डढेलो पूर्वबाट पश्चिमी मधेसतिर फैलदै गएको छ। एकातिर मधेस आन्दोलन र अर्कोतिर देश टुक्य्राउने आक्रोस। संविधानले यस्ता रक्तबिजहरुलाई रोक्न सकेन भने मुलुक अस्थिर, अराजकबाट बिखण्डनतिर लाग्नेछ। राजनीतिक अदूरदर्शिता, राज्यको फितलोपन र संविधानले समेट्न नसकेपछि थरि थरिका युद्ध हुनेगर्छन्। मधेस आन्दोलन, भारतको नाकावन्दीपछि सिके राउतको मुक्तिसेना, यो पनि युद्धकै स्वरुप हो।
महन्थ ठाकुरले भने यति दमन खपेपछि पनि हामीले बिखण्डनका कुरा गरेका छैनौं। एक मधेस नभए एक नेपाल पनि रहन्न भन्ने महन्त ठाकुरले अझै वार्ताको टेबुल छाडेका छैनन्। आइतवारको वार्ता पनि सकारात्मक छलफलमा सकियो। वार्ता निरन्तर भइरहेको छ र कहिल्यै टुंगिन सकेन। यो कस्तो वार्ता हो, जसले निकास दिन सक्दैन? धेरैको प्रश्न छ।
हो, सिके राउतका ४ साथी पक्राउ परे। सिके राउत पनि पटक पटक पक्राउ पर्ने र छाडिने व्यक्ति हुन्। सुरक्षा निकायलाई सिके राउत र अन्य भूमिगत सशस्त्र समूहका  सैन्य क्रियाकलाप, तालिम, मार्चपास, लूटलगायतका क्रियाकलाप थाहा छ तर नियन्त्रण गरिरहेका छैनन्। अनौठा अनौठा क्रियाकलाप मधेसमा भइरहेका छन् जसले पहाडीया र मधेसीवीच मानसिक द्वन्द्व र झगडा दिनदिनै बढाउँदै लगेको छ।
नेपालको अखण्डता चिर्न र नयाँ मधेस देश बनाउने स्वयंसेवक नामको सैन्य उत्पादन गरिदैगर्दासमेत ओली सरकार मौन छ। उनी राजधानीबाट भन्दैछन्: अव सहिन्न। नसहे के गर्छन् उनी? उनीसँग न समस्यासँग जुध्ने कार्यक्रम छ, न जनताको पीडा कम गर्न दिने बिकल्प नै। यता वार्ता गर्ने मधेसी नेताहरु उता सिके राउतसँग मिलिभगत गरेर भनिरहेका छन्: अवको युद्ध आरपारको हुन्छ। नयाँ मधेस देश बनाएर छाड्छौं। सप्तरीको यो क्रम चितवनसम्म आइसक्यो, चितवन पार गरेपछि एक्कैपटक नेपालगञ्ज भएर कञ्चनपुर पुग्नसक्छ। मधेसी आन्दोलनको नेतृत्व बिस्तारै मधेसी मोर्चाको हातबाट सिके राउतको कमाण्डतिर बिस्तारै सर्दै गएको छ। सिंहदरवारका सत्तापिपासुहरु सत्ताबाहेक केही देखिरहेका छैनन्।
    मधेसमा बढेको भूमिगत सैन्य गतिविधिले नयाँ महाभारत हुनसक्ने खतराको घण्टी बजाइरहेको छ। हुन त बाह्य आक्रमणका लागि हामी सक्षम छौं भनेर सेनाले भनिसक्यो र गम्भीर प्रकृतिको दुईवटा अन्तरक्रिया गरेर सेना सतर्क रहेको जनाउ पनि दिइसक्यो। तथापि नेपाल सरकारको मौनताले रगत बगाउने संकेत गरिरहेको छ। अहिले उपचार गरे ओखतीले काम गर्ला, घाउ ठूलो भएपछि अपरेशन नै गर्नुपर्नेछ भन्दैछन् विज्ञहरु। सम्भवतः सत्ता टिकाउने धौधौ परेका र वार्ताको असफलताबाट हार खाएका केपी ओलीले हप्तादिनभित्रै मधेस आन्दोलन र नाकावन्दी दुबैलाई  एकैपटक असफल पार्न सैनिक अपरेसन गर्नसक्ने अनुमान सुरु भइसकेको छ।