Advertisement Banner
Advertisement Banner

१५ शुक्रबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

लामिछानेलाई जेल बाहिरै बसेर मुद्दा लड्न अनुमति

११ शुक्रबार , फाल्गुण २०८०२ बर्ष अगाडि

लामिछानेलाई जेल बाहिरै बसेर मुद्दा लड्न अनुमति

जिल्ला अदालत काठमाडौँले बलात्कार मुद्दामा दोषी ठहर गरेको क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले जेल बाहिरै बसेर मुद्दा लड्न अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँको फैसला बदरको माग गर्दै लामिछाने उच्च अदालत पुगेपछी उच्चले जेल बाहिरै बसेर मुद्दा लड्न अनुमति दिएको हो ।  

उच्च अदालतको आदेश पछी क्रिकेटर सन्दीप लामिछानेले जेल बाहिरै बसेर मुद्दा लड्न पाउने भएका छन् । उच्च अदालतका प्रवक्तासमेत रहेका उपरजिस्ट्रार तीर्थराज भट्टराईले लामिछानेलाई उक्त अनुमति दिएका थिए । क्रिकेटर लामिछानेले मुलुकी फौजदारी कार्यविधि संहिता ऐन २०७४ अनुसार जेल बाहिरै बसेर मुद्दा लड्ने अनुमति पाएको बताईएको छ ।

गत पुस १३ गते जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलाशले सन्दिपलाई बलात्कार मुद्धामा दोषी ठहर गरेको थियो । जिल्ला अदालत काठमाडौंको फैसला बदरको माग गर्दै लामिछाने आफ्ना वकिल सरोजकृष्ण घिमिरेसहित उच्च अदालत पाटन पुगेर पुनरावेदन दिएका थिए ।

गत पुस २५ गते अदालतले लामिछानेलाई ८ वर्षको जेल सजाय र ३ लाख रुपैया जरिवानाको फैसला गरेको थियो । न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउनुपर्ने फैसला गरेको थियो ।