Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सात प्रहरी उपरीक्षकको काज सरुवा

११ शुक्रबार , फाल्गुण २०८०८ महिना अगाडि

सात प्रहरी उपरीक्षकको काज सरुवा

फागुन १ गते भएको ७८ प्रहरी उपरीक्षक (एसपी)को सरुवामा परेकामध्येका सात प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा भएको छ । सरुवामा परेकामध्ये सात जनाको पुनः जिम्मेवारी हेरफेर भएको हो ।

नेपाल प्रहरीका सात प्रहरी उपरीक्षक (एसपी) को पुनः काज सरुवा भएकाहरुमा एसपी श्यामसिंह चौधरीलाई धनकुटा, विनोद सिलवाललाई सर्वोच्च अदालत सुरक्षा कार्यालयमा खटाइएको छ । त्यसैगरी विमल बस्नेतलाई संसदको मर्यादापालक प्रमुखको जिम्मेवारीमा खटाइएको छ भने वीरेन्द्र शाहीलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा लगिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।  

प्रहरी प्रधान कार्यालयका अनुसार एसपी विमलराज कँडेललाई हेडक्वार्टरको कल्याण महाशाखा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयमा बालनरसिंह राणा र नान्तिराज गुरुङलाई ट्राफिक व्यवस्थापन महाशाखाको जिम्मेवारी दिइएको छ । पुनः जिम्मेवारी हेरफेरमा परेका सातै जना प्रहरी उपरीक्षक (एसपी) यसअघि २०८० फागुन १ गत्तेको सरुवामा परेका हुन् ।