Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

बिहिबारको हल्का वर्षासंगै मौसममा क्रमिक सुधार

११ शुक्रबार , फाल्गुण २०८०८ महिना अगाडि

बिहिबारको हल्का वर्षासंगै मौसममा क्रमिक सुधार

बिहिबार परेको हल्का वर्षा पछी काठमाडौँ लगायत देश भारको मौसममा क्रमिक सुधार आउने भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण आज पनि देशका विभिन्न स्थानमा बदली र छिटफुट वर्षा भएपनि अब क्रमिकरूपमा मौसम सुधार हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदलि हुने छ भने बाँकी भागमा मौसम सफा रहने बताईएको छ । काठमाडौँमा बिहानैदेखि घाम लाग्नुका साथै बिहीबार साँझ हल्का वर्षा भएकाले काठमाडौँसहित देशका विभिन्न स्थानमा तुवाँलो हटेर मौसम सफा भएको छ ।

आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा साधारणतया बदली रही बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली हुने र देशका बाँकी भागमा मौसम सफा रहने महाशाखाले जनाएको छ । कोशी र गण्डकी प्रदेशको पहाडी भागमा छिटफुटदेखि वर्षा र उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।  

त्यसैगरी राति कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । हिजो काठमाडौँमा ३.६ मिलीमिटर, पोखरामा ७.५, घोराहीमा ५.८, दिपायल र डडेलधुरामा ३/३ मिलीमिटर वर्षा भएको बताईएको छ ।