Advertisement Banner
Advertisement Banner

१३ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

हिउँ जमेर त्रिभुवन राजपथ अवरुद्ध

११ शुक्रबार , फाल्गुण २०८०२ बर्ष अगाडि

हिउँ जमेर त्रिभुवन राजपथ अवरुद्ध

हिजो परेको हिमपातको कारण हिउँ जम्दा थाहा नगरपालिकाको सिमभन्ज्याङ अन्तर्गतको त्रिभुवन राजपथ अवरुद्ध भएको छ । सिमभन्ज्याङमा बिहीवार दिउसो परेको हिमपातका कारण त्रिभुवन राजपथ अवरुद्ध भएको हो ।

नगरपालिकाको ४ नम्बर वडाको पानोरमा रिसोर्टको मोड नजिकैबाट सिमभन्ज्याङतर्फको खण्डमा हिउँ जमेका कारण सडक अवरुद्ध भएको बताईएको छ । हिउँ जमेका कारण त्रिभुवन राजपथअन्तर्गत भीमफेदी गाउँपालिकाको लेकाली बसिफाँट स्कूल मोड नजिकैबाट सिमभन्ज्याङतर्फ हिउँका कारण सवारी आवागमनका समस्या भएको स्थानीयले बताएका छन् ।

हिउँ पर्न रोकिएपनि रातको समयमा चिसो बढेका कारण हिउँ सडकमै जमेको बताईएको छ । उक्त सडक खण्डमा हालसम्म कुनै पनि सवारी जाम नभएको तर सडकमा बाक्लो हिउँ जमेका कारण सवारी नचलेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।