Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सरकारी अस्पतालमा लुम्बिनी प्रादेशिक अस्पताल उत्कृष्ट

१० बिहिबार , फाल्गुण २०८०८ महिना अगाडि

सरकारी अस्पतालमा लुम्बिनी प्रादेशिक अस्पताल उत्कृष्ट

देशभरका सरकारी अस्पतालमध्ये लुम्बिनी प्रादेशिक अस्पताल उत्कृष्ट घोषित भएको छ । अस्पतालको न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनका आधारमा देशभरका सबै सरकारी अस्पतालमध्ये लुम्बिनी प्रादेशिक अस्पताल उत्कृष्ट घोषित भएको हो ।

सरकारी अस्पतालमध्ये बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा लुम्बिनी प्रादेशिक अस्पताल तेस्रोपटक प्रथम हुन सफल भएको बताईएको छ । ‘सेकेण्डरी बी लेभल’ अस्पतालको न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा प्रथम हुन सफल भएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. सुदर्शन थापाले जानकारी दिएका छन् ।

स्वास्थ्य निर्देशनालयको न्यूनतम सेवा मापदण्ड मूल्याङ्कन समितिका अनुसार न्यूनतम मापदण्ड मूल्यांकनमा लुम्बिनी प्रादेशिक अस्पतालले यस वर्ष ८९ अंक प्राप्त गर्दै उत्कृष्ट घोषित भएको हो । यसअघि पनि ८० अंक प्राप्त गरी पहिलो बनेको प्रादेशिक अस्पतालले यो वर्ष थप अङ्क सहित उत्कृष्ट भएको छ ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले लुम्बिनी प्रादेशिक अस्पतालको सर्वेक्षणपश्चात् मंगलबार र बुधबार दुई दिनसम्म बुटवलमा आयोजना गरेको मूल्याङ्कन तथा समीक्षा गोष्ठीमा अस्पताल प्रथम भएको जानकारी गराइएको थियो । अस्पतालको सुशासन र व्यवस्थापन, ‘क्लिनिकल’ व्यवस्थापन र अस्पतालको ‘सपोर्ट सर्भिस’ जस्ता विषयलाई सर्वेक्षणका प्रमुख मापदण्ड बनाइएको थियो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय दाङ र निक सिमोन्स इन्स्टिच्युट काठमाडौंको मूल्यांकन समितिले पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासीसहित प्यूठान, स्याङ्जा, रुकुम, रोल्पालगायत जिल्लाबाट उपचारका लागि बिरामी आउने लुम्बिनी प्रादेशिक अस्पताललाई उत्कृष्ट घोषित गरेको थियो ।