Advertisement Banner
Advertisement Banner

१५ शुक्रबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

वैद्यनाथ धामको कोटिहोम महायज्ञको उद्घाटनका गर्न राष्ट्रपति अछाममा

१० बिहिबार , फाल्गुण २०८०२ बर्ष अगाडि

वैद्यनाथ धामको कोटिहोम महायज्ञको उद्घाटनका गर्न राष्ट्रपति अछाममा

नेपालको चार धाम मध्यको एक वैद्यनाथ धाममा आजदेखि सुरु हुने कोटिहोम महायज्ञको उद्घाटन गर्न राष्ट्रपति रामचन्द्र पौडेल अछाम गएका छन् । अछामको साँफेबगर नगरपालिका १ मा रहेको वैद्यनाथ धाममा आजदेखि सुरु हुने कोटिहोम महायज्ञको उद्घाटन गर्न राष्ट्रपति पौडेल  त्यसतर्फ गएका हुन् ।

आजदेखि सुरु हुने कोटिहोम महायज्ञ १४४ वर्ष पछि सुरु हुन लागेको र कोटिहोम महायज्ञ आउने शिवरात्रि सम्म चल्ने बताईएको छ । राष्ट्रपति पौडेल आउने भएकोले जिल्लाको शान्ति सुरक्षा कडा परिएको र कोटिहोम महायज्ञको तयारी पुरा भएको प्रचारप्रसार समिति संयोजक शिवबहादुर कुँवरले जानकारी दिएका छन् ।

वैद्यनाथ धाममा हरेक ६ वर्षमा लक्ष होम सहितको अर्ध कुम्भ मेला, हरेक १२ वर्षमा महालक्ष्यहोम सहितको महाकुम्भ मेला र १४४ वर्षको अन्तरमा कोटिहोम महायज्ञ सहितको महाकुम्भमेला लाग्ने गरेको छ ।

त्यसैगरी राष्ट्रपति पौडेल अछाम पुग्नुअघि बागलुङको पञ्चकोट पुग्ने र त्यहाँ हिजोदेखि सुरु भएर फागुन २३ गतेसम्म सञ्चालन हुने अनन्त श्री ब्रह्माण्डीय महायज्ञमा सहभागी हुने बताईएको छ । उक्त ब्रह्माण्डीय महायज्ञमा ५ हजार ५ सय ५५ किलोको ध्वन्यात्मक मुक्तिनाथ महाघण्टको समुद्घाटन गर्ने कार्यक्रम रहेको छ ।