Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

देशभर दादुरा–रुवेला खोप अभियान सञ्चालन हुने

१० बिहिबार , फाल्गुण २०८०८ महिना अगाडि

देशभर दादुरा–रुवेला खोप अभियान सञ्चालन हुने

दादुरा–रुवेला सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले फागुन १३ गतेदेखि चैत ७ गतेसम्म देशभर खोप अभियान सञ्चालन गर्ने भएको छ । सरकारले दादुराको सम्भावित सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै १५ वर्ष मुनिका बालबालिकाहरुका लागि दादुरा–रुवेलाविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको हो ।

भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाको अतिसङ्क्रमित २१ र काठमाडौँ उपत्यकाका तीन गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्ष मुनिका सबै बालबालिकालाई खोप लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिएका छन् । त्यसैगरी बाँकी ५१ जिल्लाका ९ महिनादेखि ५ वर्षसम्मका बालबालिका पनि खोप अभियानमा सहभागी हुने उनले बताए ।

दादुराको सम्भावित सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै १५ वर्ष मुनिका सबै बालबालिकाका लागि दादुरा–रुवेलाविरुद्धको खोप अभियान सञ्चालन गर्न थालिएको हो । उक्त खोप अभियान फागुन १३ गतेदेखि चैत ७ गते २५ दिनसम्म सञ्चालन हुने बताईएको छ । यसअघि जाजरकोट र पश्चिम रुकुममा भने गत कात्तिकमा भूकम्प गएपछि खोप अभियान सञ्चालन गरिएको थियो ।

खोप अभियानकै क्रममा नियमित खोप लगाउन छुटेका बालबालिकालाई पनि खोप लगाइने छ । खोपका लागि सबै तयारी पूरा गरिएको जानकारी दिँदै सातै प्रदेशमा गएर खोपबारे स्वास्थ्यकर्मीलाई तालिमसमेत सञ्चालन गरिएको प्रवक्ता डा.बुढाथोकीले बताएका छन् ।

महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, नजिकैको स्वास्थ्य संस्था वा वडा कार्यालयमा खोप केन्द्र राखिएको छ भने अभियानका लागि ६३ लाख ३० हजार मात्रा खोप नेपाल आइसकेको र ती खोपलाई प्रदेशमार्फत सबै खोप केन्द्रमा पठाइने पनि प्रवक्ता डा.बुढाथोकीले जानकारी दिएका छन् । गत वर्ष मात्रै १९ जिल्लामा दादुरा–रुवेला महामारीका रुपमा फैलिएको थियो ।

सरकारले सन् २०२६ सम्म दादुरा–रुवेला निवारण गर्ने लक्ष्यका साथ खोप अभियान सञ्चालन गर्न थालेको हो । हाल संचालन गर्न लागिएको खोप अभियानमा अन्तर्गत करिब ५७ लाख बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाइने लक्ष्य राखिएको छ ।