Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

फागुन १४ देखि २२ गतेसम्म कर्णाली एक्स्पो हुने

०९ बुधबार , फाल्गुण २०८०८ महिना अगाडि

फागुन १४ देखि २२ गतेसम्म कर्णाली एक्स्पो हुने

यही फागुन १४ देखि २२ गतेसम्म पर्यटन प्रवर्द्धन, औद्योगिक विकास र कला संस्कतिको जगेर्ना गर्ने उद्देश्यका साथ कर्णाली एक्स्पो हुने भएको छ । कर्णाली प्रदेशको कला संस्कतिको जगेर्ना, पर्यटन र औद्योगिक विकासको प्रवर्द्धन गर्न कर्णाली एक्स्पो आयोजना गरिएको हो ।

एक्स्पो अवधिभर फिनिकाँडाबाट वीरेन्द्रनगरसम्म प्याराग्लाइडिङ गर्न सकिने, घोडा सवारका गतिविधि हुने आयोजक सुर्खेत उद्योग वाणिज्य संघका महासचिव भद्र भण्डारीले जानकारी दिएका छन्  । त्यस्तै प्याराग्लाइडिङ र  घोडा सवारलगायतका गतिविधिमा अन्य बेला लाग्ने शुल्कभन्दा रु ५ सय छुट हुने पनि महासचिव भण्डारीले जानकारी दिएका छन् ।

त्यसैगरी पर्यटन प्रवर्द्धनका लागि भिजिट कर्णाली प्रालिसँगको सहकार्यमा विशेष छुटमा कर्णालीका विभिन्न पर्यटकीय क्षेत्रमा घुम्न चाहने व्यक्तिलाई घुमाउन आरामदायी यात्राका साथ भ्रमण गराउने व्यवस्था गरिएको बताईएको छ ।

एक्स्पोको मुख्यद्वारमा देउती बज्यैको मन्दिर झल्किने मूर्ति रहने छ भने मुख्यद्वारभन्दा भित्र काँक्रेबिहारको मुख्य मन्दिर र कर्णालीका पर्यटकीय स्थलको हातले बनाएको तस्बिर राखिने जनाइएको छ । एक्स्पोमा खानाका विविध परिकार स्वच्छ, सफा होटल, कृषि र घरेलु उद्योगले उत्पादन गरेका वस्तुको प्रदर्शनी तथा बिक्रीकक्ष राखिने आयोजकले बताएको छ ।

विद्यालयस्तरीय मौलिक नाच, लोकदोहोरीसँगै कर्णालीको देउडा, टप्पा, सिङ्गारुलगायत विभिन्न जातजातिका मौलिक कला, संस्कृतिका प्रतियोगिता पनि आयोजना गरिनेबताईएको छ । एक्स्पोमा जुम्ला, हुम्लामा गाइने देउडा, सल्ल्यान, रुकुमको टप्पा, सिङ्गारु, हुड्के नाच, मगर गुरुङ र थारू समुदायका कला प्रदर्शन गरिने पनि महासचिव भण्डारीले बताएका छन् ।