Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

प्राथमिक तहमा माग गरे अनुसार शिक्षक पदपूर्ति नहुने

०९ बुधबार , फाल्गुण २०८०८ महिना अगाडि

प्राथमिक तहमा माग गरे अनुसार शिक्षक पदपूर्ति नहुने

शिक्षक सेवा आयोगले प्राथमिक तहमा २०७९ चैतमा काठमाडौँबाहेक ७६ जिल्लामा ७ हजार ९ सय ५४ शिक्षक माग गरेकोमा सोहि अनुसार शिक्षक पदपूर्ति नहुने भएको छ । विषयगत परीक्षाको नतिजा सार्वजनिक गर्दा माग गरेभन्दा ६ सय ८३ जना परीक्षार्थी कम उत्तीर्ण भएका कारण माग गरे बमोजिम शिक्षक पदपूर्ति नहुने भएको हो ।

आयोगले २०७९ चैतमा काठमाडौँबाहेक ७६ जिल्लामा ७ हजार ९५४ शिक्षक माग गरेको र त्यस अनुसार गत २० जेठमा सामान्य र १३ असोजमा विषयगत परीक्षा सञ्चालन गरेको थियो । १३ असोजमा लिएको विषयगत परीक्षाको नतिजा सार्वजनिक गर्दा माग गरेभन्दा ६८३ जना परीक्षार्थी कम उत्तीर्ण भएका छन् । ७६ मध्ये ४३ जिल्लामा मात्र माग गरेअनुसार परीक्षार्थी उत्तीर्ण भएका छन् । उत्तीर्ण भएकाहरूको अन्तर्वार्ता २० फागुनदेखि जिल्ला शिक्षा समन्वय इकाइमा हुने बताईएको छ ।

जसअनुसार कोशीमा इलाम र धनकुटामा मात्र माग संख्या अनुसार परीक्षार्थी उत्तीर्ण भएका छन् । बाँकी १२ जिल्लामा कम परीक्षार्थी उत्तीर्ण भएका र त्यसमध्ये सबैभन्दा बढी सोलुखुम्बुमा ७०, ओखलढुंगामा ५४, मोरङमा ३७ जना कम परीक्षार्थी उत्तीर्ण भएका छन् ।

मधेश प्रदेशमा सर्लाही, बारा, पर्सा र सप्तरीमा मागअनुसार शिक्षक उत्तीर्ण भएका छन् । लिखित परीक्षामा माग गरेभन्दा धनुषामा ४०, सिरहामा १५, महोत्तरीमा २५ र रौतहटको १३ जना कम परीक्षार्थी उत्तीर्ण भएका छन् । बागमतीका काठमाडौँबाहेकका जिल्लामा कुल १ हजार ३ सय ३२ शिक्षक माग गरेकामा १ सय ५३ जना कम परीक्षार्थीले मात्र लिखित परीक्षामा नाम निकालेका छन् ।

त्यसैगरी दोलखामा १८, नुवाकोटमा ११, काभ्रेपलाञ्चोकमा ४०, चितवनमा ३ जना कम परीक्षार्थी अन्तर्वार्ताका लागि छनोट भएका छन् । सिन्धुली, धादिङ, सिन्धुपाल्चोक, रामेछाप, भक्तपुर, ललितपुरमा मात्र माग अनुसार परीक्षार्थी उत्तीर्ण भएका छन् ।

गण्डकी प्रदेश अन्तर्गत बाग्लुङ, तनहुँ, गोरखा, नवलपरासी, लमजुङ र मुस्ताङमा माग अनुसार परीक्षार्थी पास भएका छन् । कास्कीमा २५ र पर्वतमा १८ जना कम परीक्षार्थी अन्तर्वार्ताका लागि छनोट भएका छन् । त्यस्तै लुम्बिनीमा अर्घाखाँचीमा ११, पाल्पामा ४, रुकुमपूर्वमा १७ जना कम परीक्षार्थी उत्तीर्ण भएका छन् ।

कर्णालीमा सुर्खेतबाहेक अन्य जिल्लाले माग अनुसार शिक्षक पाउने देखिएको छ । सुर्खेतमा ६९ जना माग भएकामा ६३ जना उत्तीर्ण भएका छन् । सुदूरपश्चिमको बाजुरामा १८ र डडेलधुरामा १ जना कम परीक्षार्थी उत्तीर्ण भएका छन् भने अरु जिल्लामा माग अनुसार परीक्षार्थी उत्तीर्ण भएका छन् ।