Advertisement Banner
Advertisement Banner

१३ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

नेपालले नामिबियाविरुद्ध सिरिजको तेस्रो खेल खेल्दै

०९ बुधबार , फाल्गुण २०८०२ बर्ष अगाडि

नेपालले नामिबियाविरुद्ध सिरिजको तेस्रो खेल खेल्दै

नेपालले आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नामिबियाविरुद्ध सिरिजको तेस्रो खेल खेल्दै छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल सुरु भएको हो ।

आजको खेलमा नामिबियाका कप्तान जेरार्ड इरासमसले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेसँगै नेपालले ब्याटिङ सुरु गरेको छ । नेपालले आजको खेलमा एकजना खेलाडी गुलशन झाको स्थानमा करण केसी परिवर्तन गरेको छ ।

यसअघि पहिलो खेलमा नामिबियाविरुद्ध ४ विकेटको हार बेहोरेको नेपालले दोस्रो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको थियो । त्यस्तै नामिबिया दोस्रो खेलमा नेदरल्यान्ड्सविरुद्ध पराजित भएको थियो ।

सिरिजको तेस्रो खेलमा नेपालको तर्फबाट रोहित पौडेल, आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, करण केसी, सोमपाल कामी, ललित राजवंशीलगायत रहेका छन् ।