Advertisement Banner
Advertisement Banner

१३ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

लघुवित्त पीडितहरूको काठमाडौँमा आन्दोलन

०९ बुधबार , फाल्गुण २०८०२ बर्ष अगाडि

लघुवित्त पीडितहरूको काठमाडौँमा आन्दोलन

देशभरका लघुवित्त पीडितहरू न्याय मार्च नाम दिएर न्याय नपाएको भन्दै काठमाडौँमा आन्दोलन गर्न आइपुगेका छन् । उनीहरुले हिजोदेखि काठमाडौँमा प्रदर्शन सुरु गरेका हुन् ।

उनीहरूले काठमाडौंमा प्रदर्शन गर्दै लघुवित्तीय संस्थाहरूले बढी ज्यादती गरेको हुनाले आन्दोलन गर्नुपरेको बताएका छन् । लघुवित्तीय संस्थाहरूले ऋणीसँग चर्को ब्याज असुलेको उनीहरुको आरोप छ ।

पिडितहरुले लघुवित्तीय संस्थाहरूले बढी ज्यादती गरेको र केहीलाई घरवारविहीन बनाएको, कसैको जग्गा लुटिएको, चर्को ब्याज असुलेर धेरै दबाब दिएकाले आन्दोलन गर्नुपरेको उनीहरुको भनाई छ । पिडितहरुको लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समितिले आजदेखि काठमाडौँ लक्षित आन्दोलन गर्ने भएपछि देशभरका पीडितहरू काठमाडौं आईपुगेको बताईएको छ ।

त्यसैगरी यता, मीटरब्याज पीडितहरुको टोली पनि आजै काठमाडौं आइपुग्दैछन् । उनीहरु २२ दिनको पैदलयात्रापछि आज साँझ काठमाडौं आइपुग्ने बताईएको छ भने सरकारले बनाएको कानून र आयोगले न्याय नदिएका कारण काठमाडौं केन्द्रीत आन्दोलन गर्न बाध्य भएको मीटरब्याज पीडितहरुको भनाई छ  ।