Advertisement Banner
Advertisement Banner

१३ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

ललिता निवासको जग्गा सात दिनभित्र खालि गर्न महानगरको अनुरोध

०९ बुधबार , फाल्गुण २०८०२ बर्ष अगाडि

ललिता निवासको जग्गा सात दिनभित्र खालि गर्न महानगरको अनुरोध

काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललिता निवास क्षेत्रको सरकारी जग्गाबाट आफैँ हट्न सात दिनको सूचना दिएर अनुरोध गरेको छ । महानगरले सार्वजनिक सूचना जारि गर्दै सात दिनको अवधि दिएर उक्त जग्गा खालि गर्न अनुरोध गरेको हो ।

महानगरले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद-१३ स्थानीय तहको सम्पत्तिको संरक्षण सम्बन्धी व्यवस्था अन्तर्गत दफा ९७ (१) ले सरकारी, सामुदायिक तथा सार्वजनिक सम्पत्तिको रेखदेख, मर्मत सम्भार तथा अन्य प्रबन्ध गर्नुपर्ने कानूनी दायित्व महानगरपालिकालाई तोकेको उल्लेख गर्दै जग्गा खाली गर्न आग्रह गरेको हो ।

फागनु ३ गते विशेष अदालतले काठमाडौं महानगरपालिका-४ बालुवाटारस्थित ललिता निवास क्षेत्रको जग्गा जफत भएको फैसला गरेको थियो । उक्त फैसलाबाट जफत भएको काठमाडौं बालुवाटारस्थित ललिता निवास क्षेत्रको सरकारी सम्पत्तिको संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गर्न सूचना प्रकाशित गरिएको महानगराले जनाएको छ ।

महानगरले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र ललिता निवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा संघ संस्थाहरू सो क्षेत्रबाट हटी सरकारी सम्पत्तिको संरक्षण तथा उचित प्रबन्ध गर्ने कार्यमा महानगरपालिकालाई सहयोग गर्न अनुरोध गर्दै तोकेको समयभित्र सो क्षेत्रबाट नहटेमा प्रचलित कानून बमोजिम महानगरले नै हटाई सरकारी जग्गा तथा सम्पत्तिको संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गर्ने सुचनामा उल्लेख गरेको छ ।