Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

आगामी आर्थिक वर्षको बजेटमा १८ खर्बको सीमा निर्धारण

०८ मंगलबार , फाल्गुण २०८०८ महिना अगाडि

आगामी आर्थिक वर्षको बजेटमा १८ खर्बको सीमा निर्धारण

आगामी अर्थीक वर्ष २०८१/८२ को लागि बजेटमा राष्ट्रिय योजना आयोगले १८ खर्ब रुपैयाँको सीमा निर्धारण गरेको छ । आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वको राष्ट्रिय स्रोत अनुमान समितिले उक्त बजेटको सीमा निर्धारण गरेको हो ।

योजना आयोगले आर्थिक वर्ष २०८१/८२ को बजेटमा १८ खर्ब रुपैयाँको बजेट सीमा अर्थात् सिलिङ तोकेको छ । आर्थिक वर्षमा सरकारले १४ खर्ब रुपैयाँ राजस्व संकलन गर्ने, आर्थिक वृद्धिदर ६% हुने, मूल्यवृद्धि ५.५% मा सीमित राख्ने, २१.१% राजस्व वृद्धि र ४.४% आन्तरिक ऋण वृद्धिको अनुमान राखेको बताईएको छ ।

त्यसैगरी आउँदो वर्ष २ खर्ब १० अर्ब रुपैयाँ वैदेशिक ऋण र ५० अर्ब रुपैयाँ अनुदानको अनुमान रहेको छ भने २ खर्ब ९५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने अनुमान गरिएको छ ।

त्यस्तै आर्थिक वर्ष २०८२/८३ का लागि २१ खर्ब र २०८३/८४ का लागि २४ खर्ब ५५ अर्ब रुपैयाँ बराबर खर्चको सीमा निर्धारण गरिएको आयोगले जानकारी दिएको छ ।