Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

पासपोर्टको वरियता सार्वजनिक नेपाल १०३ औँ स्थानमा

०८ मंगलबार , फाल्गुण २०८०८ महिना अगाडि

पासपोर्टको वरियता सार्वजनिक नेपाल १०३ औँ स्थानमा

विश्वभरका मुलुकहरूको पासपोर्टको वरियता सार्वजनिक हुँदा नेपाल पासपोर्ट वरियताको १०३ औँ स्थानमा रहेको छ । सन् २०२४ का लागि हेनली पासपोर्ट इन्डेक्सले जारी गरेको पासपोर्टको वरियतामा फ्रान्स सबैभन्दा शक्तिशाली मुलुक बन्दा नेपाल १०३ औँ स्थानमा रहेको हो ।

सन् २०२४ मा हेनली पासपोर्ट इन्डेक्सका अनुसार फ्रान्सको पासपोर्ट विश्वकै सबैभन्दा शक्तिशाली पासपोर्ट बनेको हो । शक्तिशाली पासपोर्ट भएको देश फ्रान्सका नागरिक विश्वका १९४ मुलुक भिसा बिनै आवतजावत गर्न सक्ने छन् ।

त्यस्तैगरि रिपोर्टमा फ्रान्ससहित जर्मनी, इटली, जापान, सिङ्गापुर र स्पेन पनि शीर्ष स्थानमा रहेका छन् । यी देशका नागरिक पनि विश्वका १९४ मुलुकमा भिसा बिनै आवतजावत गर्न पाउने बताईएको छ । रिपोर्टअनुसार सबैभन्दा कमजोर मुलुकमा अफगानिस्तान रहेको छ । अफगानिस्तान १०९ औँ स्थानमा रहेको र यहाँका नागरिक २८ मुलुकमा भिसा बिनै आवतजावत गर्न पाउने छन् ।

पासपोर्ट वरियतामा नेपाल १०३ औँ स्थानमा रहेको र नेपालका नागरिक विश्वका ४० मुलुकमा भिसा बिनै आवतजावत गर्न पाउने छन् । यसअघि सन् २०२३ मा पनि नेपालको वरियता १०३ औँ स्थानमा नै रहेको थियो । नेपालसंगै लिबिया र प्यालेस्टाइन पनि १०३ औँ स्थानमा रहेको हेनली पासपोर्ट इन्डेक्सको रिपोर्टमा उल्लेख गरिएको छ ।