Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

वीरगञ्जमा कर्फ्यु आदेश जारी

०८ मंगलबार , फाल्गुण २०८०८ महिना अगाडि

वीरगञ्जमा कर्फ्यु आदेश जारी

वीरगञ्ज महानगरपालिका भित्रका केहि ठाउहरुमा सोमबार बेलुकी ५ बजेदेखि कर्फ्यु आदेश जारी गरिएको छ । पूर्वमा बाराको सिमाना जोडिएको नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरी पुल भन्सारसम्मको क्षेत्रमा अनिश्चितकालका लागि कर्फ्यु आदेश गरिएको हो ।

रौतहटको ईशनाथ नगरपालिकाको मोतिपूरमा भएको विवादलाई लिएर वीरगञ्जमा पनि प्रदर्शन सुरु भएकाले कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । उक्त प्रदर्शनका क्रममा विवाद र झडपको स्थिति आएकाले कर्फ्यु आदेश जारी गर्नु परेको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसअघि रौतहट जिल्लाको इशनाथ नगरपालिकाको घिउरामा सरस्वती पूजाको भोलिपल्ट सरस्वतीको मूर्ति बिसर्जन गर्ने क्रममा त्यहाँ दुई समुदायबीच विवाद उत्पन्न भएको र उक्त बिबादले झडपको स्थिति सिर्जना भएको थियो । त्यहाको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै झन्डै सात सय प्रहरी परिचालन गर्दै कर्फ्यु लगाईएको थियो ।