Advertisement Banner
Advertisement Banner

१३ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

पशुपतिनाथ पसिरसमा विश्वशान्ति महायज्ञ आयोजना हुने

०८ मंगलबार , फाल्गुण २०८०२ बर्ष अगाडि

पशुपतिनाथ पसिरसमा विश्वशान्ति महायज्ञ आयोजना हुने

काठमाडौंको पशुपतिनाथ पसिरसमा हिन्दु, बौद्ध, किराँत विधिअनुसार विश्वशान्ति महायज्ञ आयोजना हुने भएको छ । शिवरात्रीको अवसर पारेर फागुन १९ गतेदेखि २६ गतेसम्म एक साता विश्वशान्ति महायज्ञ आयोजना हुने भएको हो ।

पशुपतिनाथ पसिरसमा महारुद्र परिवारले पितृ उद्दार, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता तथा राष्ट्रिय एकताको लागि विश्वशान्ति महायज्ञ आयोजना गर्न लागिएको जनाएको छ । शिवरात्रीको अवसर पारेर हिन्दु, बौद्ध र किराँत विधिअनुसार एक साता महायज्ञ गरिने जनाएको छ ।

महायज्ञमा अष्टम पूजा, मुन्धुम पाठ, वेद पाठ, दोमङ पाठ, श्रीमद् भागवत महापुराण, मूलपाठ पारायण, प्रवचन, रामलीला, दैनिक हवन, प्रज्ञा पारमिता पाठ, भजन कीर्तन, धामीझाँक्री, मोन्लम, ताण्डव नृत्य, लक्षवर्तीका प्रज्वलनलगायत हुने छ । साथै कार्यक्रममा तीन वटै धर्मका गुरुहरुको बाक्लो उपस्थिति हुने बताईएको छ ।

हिन्दु, बौद्ध, किराँत एकताको सन्देश सहित यो महायज्ञको आयोजना गर्न लागिएको हो । बहुलजाती, बहु भाषा, बहु धर्म, बहु संस्कृत भएको हाम्रो देशमा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, राष्ट्रिय एकता आजको आवश्यकता भएकाले धर्म धर्म बिच दुरी बढ्दै गइरहेको बेला यो महायज्ञले धार्मिक एकतालाई अझ मजवुत बनाई एकअर्काे धर्मको सम्मान, सद्भाव र एकता कायम राख्न सहयोग गर्ने बताईएको छ ।