Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

फेरि पनि सहकार्यको आह्वान

०८ मंगलबार , फाल्गुण २०८०८ महिना अगाडि

फेरि पनि सहकार्यको आह्वान

पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहदेवले प्रजातन्त्र दिवसका अवसरमा सन्देश दिंदै भन्नुभएको छ–राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता तथा जनताको उत्थानमा निरन्तर लागिरहने प्रतिबद्धता हामी राख्दछौं । प्रजातन्त्र दिवसको यो शुभ सन्दर्भमा हामी सदैव नेपालीजनसँग निकट रही रहने र सम्पर्कका निम्ति हाम्रा सबै द्वारहरू खुल्ला रहने शुभेच्छाभाव पनि राख्दछौं ।
अर्थात प्रूर्वराजाले सम्पर्कका निम्ति आफ्नै द्वारहरू खुल्ला राखेर पुनः एकपटक राष्ट्रिय सहमति र सहकार्यका लागि आह्वान गर्नुभएको छ । पूर्वराजाले प्रजातन्त्रको पूजा शब्दले मात्रै गरेर नपुग्ने बताउँदै प्रजातन्त्रको पूजा कर्तव्य, त्याग, उदारता, निष्ठाको राजनीति र सही आचरणले मात्रै हुने स्पष्ट पार्नुभएको छ । सन्देशमा सबै राजनीतिक पार्टीहरूलाई जनता जनार्दनले जे भन्दछन् – त्यो सुनौं – त्यसलाई गुनौं र राज्य व्यवस्थाका सबै हर्ताकर्ताले धरातलीय यथार्थका आधारमा प्रजातान्त्रिक विधि व्यवहार झल्काऔं भनेर सडकमा आक्रोसित जनताको अपेक्षा बुझ्न संकेत गर्नुभएको छ ।
जनताले जुन प्रकारले संघीय गणतान्त्रिक व्यवस्थामा देखिएका बिकृति रबिसंगतिप्रति असन्तुष्टिमात्र होइन, बिद्रोहकै आवाज बोल्न थालोक छन्, त्यसप्रति सचेत हुन आग्रह गर्दै पूर्वराजाले भन्नुभएको छ– प्रजातन्त्रभित्र अर्थतन्त्र पृथक हुन सक्दैन । आफ्नो श्रोत, साधन र सीप सबै यसमा समाहित हुनुपर्दछ । यसैबाट नै प्रजातन्त्र बलियो र गहकिलो बन्दछ । सबैले मिठो खान पाउने, सबैले राम्रो लाउन पाउने, सबैले स्वस्थ्य, शान्त र सन्तुष्ट भएर बाँच्न सक्ने–सबैलाई देश मै गतिलो शिक्षा र सबैको क्षमताअनुसार रोजगारीको व्यवस्था हुने भएमा नै प्रजातन्त्रको रसिलो अर्थ रहन्छ ।
दुर्गा प्रसाई, राप्रपाले सुरू गरेको सडक आन्दोलन, मिटरब्याज पीडितको राजधानी मार्च, राज्यसत्तामा बढ्दो भ्रष्टाचार, मन्त्रिमण्डलको असफलता र युवाहरूको ज्यानै जाने गोली काण्डमा मन्त्रीकै जिम्मेवारी, अदालतबाट उचित न्याय पाउन नसकेको र जता पनि रानजीतिक भागबण्डाको सिण्डिकेटकरण मात्र होइन राजनीतिक पद्धति, विधि व्यवहार भेदभावपूर्ण भएकाले देशमा भविष्य देख्न छाडेका युवाहरूको डरलाग्दो तरिकाको विदेश पलायनका दृश्यले घरगाउँ युवाविहीन हुँदै गएका छन् । प्लस टु पढिरहेकालाई पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले अब के पढ्ने भनेर सोध्दा ८० प्रतिशत विद्यार्थीले विदेश जाने भनेको सुनेर पनि शिक्षाविद, सरकार, संसदमा चिन्ता देखिएन, संकटको निराकरणबारे छलफल समेत भएको छैन ।
अर्थात् संविधान, सरकार, संसद सबै असफल भइसके । व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकामात्र होइन, सबै संवैधानिक निकाय र प्रशासनमा भइरहेको भ्रष्टिकरण देखेर पनि खबरदार भन्ने कोही भएनन् । विवेक मर्दै गएको छ, विवेक मर्नु भनेको राजनीति मर्नु हो । जनता पीडित हुनु भनेको राष्ट्र मर्नु हो । यी यावत् विषय जनसम्पर्क बढाउँदै लगेको पूर्वराजाले जनताबाट देखेका, सुनेका छन् । यसकारण सहमति र सहकार्य गरेर अघि बढ्न पटक पटक पूर्वराजाले राजनीतिक पार्टीहरूलाई आह्वान गरिरहेको देखिन्छ । फागुन ७ को सन्देश पनि यही हो ।
अब बल पार्टीहरूको कोर्टमा छ । विश्लेषकहरू भन्छन्– देशको आर्थिक, सामाजिक, राजनीतिक, कूटनीतिक दुरावस्था सच्याउन सहकार्य गर्ने कि अहंकारी बनिरहने ? 
नेपाली दिदीबहिनी तथा दाजुभाइहरू,
फागुन ७ गतेको समय सन्दर्भमा हामी प्रत्येक वर्ष– राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने गर्दछौँ। यस अवसरमा हामी प्रजातन्त्रप्रति प्रतिबद्ध हाम्रा प्रात स्मरणीय पूज्य जिज्यू बुबाज्यू राष्ट्रपिता श्री ५ त्रिभूवनको त्याग र उदारताको संस्मरण गर्दै प्रजातन्त्रका अथक योद्धा वीर शहीद सबैमा श्रद्धाभाव राख्दै हार्दिक शुभकामना व्यक्त गर्दछौं।
प्रजातन्त्र आजको युगको सर्वस्वीकार्य राजनीतिक विश्व व्यवस्था हो । प्रजातन्त्रको प्रगति हुँदै जानु अपरिहार्य देखिन्छ, किनभने यो इतिहासमा पाइने सबैभन्दा समान, सबैभन्दा पूरानो र सबैभन्दा स्थायी प्रकृति पद्धति हो । प्रजातन्त्रमा आफ्नो देशको प्रकृति, प्रवृत्ति, संस्कृति र परिवेश अंकित हुनुपर्दछ । यसैगरि आफ्नो भू–बनोट, आफ्नो भू–भागभित्रका विविध समाज सबैलाईं संलग्न पार्नु पर्दछ । सबैलाई समाविष्ट गर्ने र सबैको विशेषता, योग्यता तथा योगदानलाई प्रजातन्त्रमा फल्न फुल्न दिनु पर्दछ । आ–आफ्नो राष्ट्रको मौलिक मान्यता तथा आ–आफ्नो सामाजिक संरचना मुताविक आ–आफ्नो शैली, पद्धति र परिपाटीअनुरूप राज्य पद्धति कायम रहनै पर्दछ ।
प्रजातन्त्रभित्र अर्थतन्त्र पृथक हुन सक्दैन । आफ्नो श्रोत, साधन र सीप सबै यसमा समाहित हुनुपर्दछ । यसैबाट नै प्रजातन्त्र बलियो र गहकिलो बन्दछ । सबैले मिठो खान पाउने, सबैले राम्रो लाउन पाउने, सबैले स्वस्थ्य, शान्त र सन्तुष्ट भएर बाँच्न सक्ने–सबैलाई देश मै गतिलो शिक्षा र सबैको क्षमताअनुसार रोजगारीको व्यवस्था हुने भएमा नै प्रजातन्त्रको रसिलो अर्थ रहन्छ ।
प्रजातन्त्र पूजनीय अवश्य हो तर यसको पूजा शब्दले मात्र गरेर पुग्दैन, यसको पूजा– कर्म कर्तव्यले, त्याग र उदारताले, निष्ठाको राजनीतिले एवम् सही प्रकारको आचरणले मात्र हुने हो । जनता जनार्दनले जे भन्दछन्– त्यो सुनौं – त्यसलाई गुनौं र राज्य व्यवस्थाका सबै हर्ताकर्ताले धरातलीय यथार्थका आधारमा प्रजातान्त्रिक विधि व्यवहार झल्काउनु पर्दछ ।
राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता तथा जनताको उत्थानमा निरन्तर लागीरहने प्रतिबद्धता हामी राख्दछौं । प्रजातन्त्र दिवसको यो शुभ सन्दर्भमा हामी सदैव नेपालीजनसँग निकट रही रहने र सम्पर्कका निम्ति हाम्रा सबै द्वारहरू खुल्ला रहने शुभेच्छाभाव पनि राख्दछौं ।
श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून् ।
जय नेपाल, २०८० साल फागुन ७ गते