Advertisement Banner
Advertisement Banner

१३ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

किन साघुरो बनाइयो बीपी मार्ग

०८ मंगलबार , फाल्गुण २०८०२ बर्ष अगाडि

किन साघुरो बनाइयो बीपी मार्ग

अनारसिंह कार्की– -
भारतले ठूला गाडी चल्न सक्ने सडक बन्दा आफ्नो सुरक्षामा बाधा पुग्छ भनेकाले जापानले बनाइ दिएको बी पी राजमार्गमा साना गाडी मात्रै चल्न सक्छन त्यो पनि मुस्किलले। मधेसको हुलाकी राजमार्ग कछुवाको गतिमा बन्दैछ किनकि नेपालले अन्य देशको सहयोग लिदा भारतीय सुरक्षामा खतरा हुन्छ रे । नेपाल हिम नदीको धनी देश हो तर अधिकांश जमीनमा सिंचाइ हुँदैन र खाने पानीको समेत अभाव छ किन कि नेपाल आफै लागानी गर्न सक्तैन । अरू देशले लगानी गर्न भारतले दिदैन। सिंचाइको अभाव र समयमा मल बिउँ समेत नपाउने नेपाली कृषिले भारतीय कृषि उत्पदनसंग प्रतिस्पर्धा गर्न नसके पछि अत्यधिक रसायनिक मल खाद र बिषादी प्रयोग भएका भारतीय खाद्यान्न उपभोग गर्नु नेपालीको बाध्यता बनेको छ। त्यसले भइरहेको अकाल मृत्यु र धनजनको क्षती पनि कम छैन । नेपालका पहाडी भूभागमा भन्दा तराईका भूभागमा उद्योग खोल्दा सस्तो सजिलो र लाभदायक हुन्छ तर भारतका सीमाबर्ती उद्योगका बजारका लागि नेपाली उद्योगले टिक्न पाउदैनन् भन्ने उदाहरण मध्य जनकपुर चुरोट कारखानाकै उदाहरण प्रयाप्त छ । नेपालको सीमानाका दशगजा भित्र भारतले बाँध र सडक बनाएकाले नेपालका लाखौं एकड जमीन डुबानमा परिरहेका छन् । सीमानामा भारतीय सुरक्षा फौजबाट नेपाली मारिदा वा नेपाली महिला बलात्कृत हुँदा सरकार बोल्न सक्तैन । बोलेमा सत्ता च्यूत हुने खतरामा पर्छ । नेपालका हरेक क्रान्ति वा परिवर्तनको फाइनल टुंगो भारतीय गुप्तचर र दूतावासले लगाइ दिने गरेका छन् ।
नेपालका शासकहरूले नेपालमा गरेको कमाइ अपबाद बाहेक जुद्ध समशेर, मोहन समशेरदेखि आजसंम थन्क्याउने ठाउँ पनि भारतमै हो । नेपालको सम्पूर्ण अर्थतन्त्र दश जना जति भारतीय मूलका ब्यापारी र उद्योगपतिका हातमा छ । नेपालका प्रशासन, सुरक्षा निकाय, न्यायलय उनीहरूका विरूद्ध जाने हिम्मत राख्तैनन् । अपबाद बाहेक सूचना र संचार त उनीहरूबाटै  संचालित छन् । शुरसाको मुख जस्तो नेपालको नागरिकता हरेक साल हज्जारौंंले पाउँदा पनि मुसहर दुसाद जस्ता नेपालीले पाउन सकिरहेका छैनन् । यो समस्या कहिलै टुंगो लाग्ला जस्तो छैन । नेपालको चुरे क्षेत्र मात्रै होइन वनबिनास र गिट्टी बालुवा नेपालमा भन्दा भारतका बिहार, बंगाल र उत्तर प्रदेशका कारण बिनाश भएको छन् । अहिले नेपालमा उग्र भारत बिरोधी क्रान्तिकारी पैदा गरेर सत्तामा पु¥याउने काम पनि हुँदैछ । नेपालमा भारतबाट कुनै मन्त्री, सचीव वा गुप्तचरको हाकिम आउँदा नेपालका प्रधानमन्त्री, मन्त्रीसम्म लाइन लागेर भेट गर्छन् । १० हज्जार मेघावाट बिजुली किनी दिने तर अन्य देशको लगानीको होइन । आफ्नो भूभाग मिचेकोमा नबोल्दा र हरेक ठूला नियुक्तिलाई कम्फर्टेवल बनाउँदा पनि हरेक पन्द्र बीस बर्षमा नाकाबन्दी खेप्नै परे पछि नेपालको शान्ति, स्थिरता र बिकास कति होस ?
नोट ः नेपालको विकास निर्माणमा समेत भारतको अनुमति लिनुपर्ने बाध्यताका कारण राष्ट्रिय प्राथमिकताका आयोजना किटानमा समस्या, वैदेशिक लगानीमा समस्या, नेपालले दूरदर्शी हिसावले योजना निर्माण गर्न नसक्नुमा भारत नै कारक बनेको छ । नेपालमा भारतले २० करोडसम्म सिधै लगानी गर्न पाउने, अन्य विदेशीले नेपालमा लगानी गर्दा नेपालले भारतसँग अनुमति लिनुपर्ने बाध्यता कहिलेसम्म कायम रहन्छ ? यसको एउटा उदाहरण वीपी राजमार्ग हेरे प्रष्ट हुँदैन र ?